‘मेरो उदेश्य ठूलो फिल्म खेल्ने नै हो’

काठमाडौं । कलाकारिता समिर खानका लागि मनको विषय हो । उनी कलाक्षेत्रको शौखले मोडलिङमा प्रवेश गरेका हुन् । उनको इच्छाअनुसार काम पनि पाइरहेका छन् ।

कामअनुसारको साथीभाई र दर्शकहरूबाट प्रशंसा पाएपछि खानलाई उर्जा थपिएको छ । अझैँ केही गरौँ भन्ने भावना उनीमा बढेर गएको छ । आत्मविश्वास पनि बढेको छ ।

खानले म्युजिक भिडियोबाट कलाकारिता शुरु गरेका हुन् । उनलाई मोडल क्षेत्रले रोमाञ्चित बनाएको छ । म्युजिक भिडियोको अभिनय हेरेर प्रतिक्रिया आउँदा खानलाई रमाइलो लाग्ने गरेको छ ।

हाल काठमाडौंको ज्याठामा बस्दै आएका खानले आधा दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । जति पनि म्युजिक भिडियोमा काम गरेका छन् सबैमा केही न केही नयाँपन देखाएका छन् । भन्छन्, ‘हरेक म्युजिक भिडियोमा केह नयाँपना देखाउँ भन्ने लाग्छ ।’

पप गीतबाट मोडलिङ शुरु गरेका खानलाई विभिन्न म्युजिक भिडियोमा अफर आइरहन्छ । विशेष गरेर खानले पप, अधुनिक र आइटम गीतहरुमा मोडलिङ गर्न रुचाउँछन् ।

खानले म्युजिक भिडियोका लागि आउने अफर सबै स्वीकार गर्दैनन् । ‘पहिला गीत सुन्छु । राम्रो छ भने मात्रै मोडलिङ गर्छु’, उनले भनेका छन्, ‘बरु राम्रो गर्ने थोरै गीतमा काम गर्ने । नराम्रो अभिनय गरियो भने त्यसको सबैभन्दा धेरै मार मलाई नै पर्छ ।’ कलाक्षेत्रमा लामो समयसम्म टिक्ने योजनाका साथ आएका खानले भने, ‘केही गरौँ भन्ने सोँच बनाएको छु ।’

मोडलिङमा उनलाई साथ दिने साथीभाईहरू थुप्रै छन् । लोक दोहोरीमा पनि उनलाई मोडलिङ गर्न अफर आउने गर्छ ।

विज्ञताको हिसावले खान इन्टेरियर डिजाइनर हुन् । उनी विगत एक दशकदेखि इन्टेरियर डिजाइन गर्दै आएका छन् । इन्टेरियर डिजाइन एण्ड डेकोरेटमा उनको पहिचान आफ्नै खालको छ ।

इन्टेरियार डिजाइनिङबाट राम्रो कमाइ हुने गरेको उनको भनाइ छ । ‘मोडलिङ मेरो शौख हो’, उनले भने, ‘मेरो पेशा इन्छेरियर डिजाइनिङ हो ।’ खानले ठमेलको ज्याठामा आफ्नै अफिस खोलेका छन् ।

समय हुनेवित्तिकै म्युजिक भिडियोमा उनी देखिने गरेका छन् । खानको पहिलो म्युजिक भिडियो ‘यात्रा’ हो । ‘यात्रा’पछि उनी निरन्तर म्युजिक भिडियोमा सक्रिय छन् । सबै प्रकारका गीत हेर्न र सुन्न उनले रुचाउँछन् ।

‘फुट्ने छ मुट’, ‘पिँजडा’, ‘साथ दिने’, ‘रन बेवी’ जस्ता गीतहरुमा मोडलिङ गरेका खानलाई कलाकारिता क्षेत्र रोचक लागेको छ । उनको अभिनिट म्युजिक भिडियो ‘रन बेवी’ चर्चामा छ ।

यो म्युजिक भिडियोबाट खान सन्तुष्ट छन् । मोडल सविता आलेसँग म्युजिक भिडियो खेल्दा सजिलो लाग्ने गरेको खानले बताए । सवितासँग धेरै म्युजिक भिडियो नगरे पनि जतिमा काम गरेका छन् सबैमा राम्रो काम भएको उनी बताउँछन् ।

पछिल्लो समय खानले टेलिफिल्ममा पनि अभिनय गरेका छन् । ‘म्युजिक भिडियोबाट कलाकारिता शुरु गरेकोमा रमाइलो लागेको छ’, उनले भने, ‘टेलिफिल्म खेल्दै छु । भविष्यमा फिल्महरु पनि खेल्ने योजना छ ।’ टेलिफिल्महरूमा भन्दा पनि ठूला फिल्महरूमो उनको इच्छा छ । शुरुवाती दिनमा राम्रा टेलिफिल्ममा पनि खेलेर अनुभव लिने पक्षमा खान छन् । भन्छन्, ‘मेरो उदेश्य ठूलो पर्दाको फिल्म खेल्ने हो । त्यो उदेश्य एक दिन पूरा हुनेछ । विश्वास लिएको छु ।’

Published : Thursday, 2019 January 10, 12:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया