क्यानाडा पठाउने बहानामा डेढ करोड ठग्ने ढकाल पक्राउ

काठमाडौं । पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका–२ का स्थायी बासिन्दा निश्चल भनिने ३४ वर्षीय गणेश ढकाललाई प्रहरीले बैंकिङ कसूर मुद्दामा पक्राउ गरेको छ ।

पुतलीसडकस्थित गेट्स नामक कन्सल्टेन्सी चलाउँदै आएका ढकालले क्यानडा पठाइदिने भन्दै २५ जना भन्दा बढी मानिससँग करोड भन्दा बढी रकम लिएर फरार भएपछि पीडितको उजुरीको आधारमा प्रहरीले बुधबार पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखा टेकुका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

सूर्यविनायक बस्ने आभाष खनाललाई बैंक मौज्दात नरहेको ७ लाख रुपैयाँको चेक दिएपछि उनीविरुद्ध उजुरी परेको थियो । प्रहरीका अनुसार उनी पुतलीसडकको आफ्नो कन्सल्टेन्सी नै बन्द गरेर फरार थिए ।

ढकालले क्यानडा पठाउने भन्दै विभिन्न व्यक्तिबाट १ करोड ५० लाखको हाराहारीमा रकम अशुलेको प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ । ढकाललाई प्रहरीले पक्राउ गरेपछि अनुसन्धान गरिरहेको बताएको छ ।

Published : Wednesday, 2019 January 9, 5:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया