पुस २७ गते निखिल उप्रेतीको परीक्षा

काठमाडौं । पुस २७ गते रिलिज डेट नजिकिँदै गर्दा कपिल खत्रीद्वारा निर्माण गरिएको फिल्म ‘भिलेन’ले सेन्सर पास गरी पिजी सर्टिफिकेट लिएर बसेको छ ।

‘भिलेन’ले सेन्सरमा पिज सर्टिफिकेट पाएको हो । ‘भिलेन’ पुस २७ गते शुक्रबार राजधानीसहित देशभरि एक साथ रिलिज हुनेछ । ‘भिलेन’को टिमले अहिले प्रचार प्रसारमा सक्रिय भएको छ ।

‘भिलेन’को कथा तराई र पहाडको मायाप्रेमलाई देखाउन खोजिएको छ । एक्सन र कमेडीले भरिएको ‘भिलेन’लाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन ।

२७ गते रिलिज हुन लागेको ‘भिलेन’मा नायक निखिल उप्रेती र नायिका शिल्पा पोखरेलका साथै कपिल खत्री, निशा अधिकारी लगायतको भूमिका रहेको छ ।

‘भिलेन’मा शिल्पाले चौधरी परिवारकी छोरीको भूमिकामा निभाएकी छिन ।

द ग्लोबल पिक्चर प्रालिको ब्यानरमा ‘भिलेन’लाई निर्माण गरिएको छ ।

बलबहादुर श्रेष्ठ ‘शीतल’ले निर्माण गरेको ‘भिलेन’मा दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता हुन् ।

राजकुमार श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा र मदन कस्यप घिमिरेको छायांकन, बसन्त सापकोटा, बाबु गिरी र लालकुमार बरालको संगीत तथा शुक्रराज साहको द्वन्द्व रहेको छ ।

‘भिलेन’लाई रौतहटका साथै काठमाडौंका विभिन्न स्थानमा छायाँकन गरिएको थियो ।

Published : Tuesday, 2019 January 8, 6:54 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया