वाइड बडी घोटालाका मुख्य आरोपीलाई मोसो दल्ने पक्राउ

काठमाडौं । प्रहरीले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेर अभद्र व्यवहार गरेको अभियोगमा मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का एकजना नेतालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चन्द्रागिरि नगरपालिका ४ का ३७ वर्षीय सुरेश तामाङ रहेको अपराध महाशाखा टेकुका प्रहरी प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

महानगरीय प्रहरी अपराध महाशाखा टेकुको टोलीले तामाङलाई आइतबार थानकोट पानीघाटबाट पक्राउ गरेको हो ।

तामाङ माओवादी क्रान्तिकारी माओवादीको भ्रातृ संगठन क्रान्तिकारी युवा लिगका सचिवालय सदस्य हुन् ।

महाप्रबन्धक कंसाकारलाई शुक्रबार अपरान्ह साढे ४ बजे उनकै कार्यालयमा तामाङले कालोमोसो दलिदिएको आरोप छ । युवा लिगले कंसाकारलाई कालोमोसो दलेको जिम्मेवारी लिएको छ ।

नेपाल वायु सेवा निगमको वाइड बडी विमान खरिदमा भ्रष्टाचार गरेको आरोप खेपिरहेका महानिर्देशक कंसाकारलाई कालोमोसो दलेर तामाङ भागेका थिए ।

Published : Sunday, 2019 January 6, 4:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया