‘प्रेमनाथ’को ट्रेलरले दियो साउथ मूभिको झल्को, चैत २२ मा रिलिज

काठमाडौं । निर्देशक गणेश बेल्वासेद्धारा निर्देशित फिल्म ‘प्रेमनाथ’को ट्रेलर सार्वजनिक गरिएको छ । ‘प्रेमनाथ’लाई चैत २२ गते देशभरि एकसाथ रिलिज गरिने निर्देशक बेल्वासेले जानकारी दिए ।

अनौठो प्रेम कथा र एक्सनमा निर्माण भएको ‘प्रेम नाथ’को बुधबाबर काठमाडौंमा पत्रकार सम्मेलन गरेर ट्रेलर सार्वजनिक गरिएको हो ।

‘प्रेमनाथ’को कथा निर्देशक बेल्वासे आफैले लेखेका हुन् । साउथ इण्डियन फिल्मको फ्लेभर झल्किने ‘प्रेमनाथ’मा अनौठो प्रेम कथालाई एक्सन र रोमान्समा देखाउन खोजिएको बेल्वासेले पत्रकार सम्मेलनमा जानकारी दिए ।

काठमाडौं, लुम्बिनी, दाङ, रोल्पा, भारतको लखनउलगायतका स्थानमा छायाँकन गरिएको ‘प्रेमनाथ’लाई हाइबजेटमा निर्माण गरिएको निर्देशक बेल्वासेले जानकारी दिए ।

‘प्रेमनाथ मेरो ड्रिम प्रोजेक्ट हो । पहिलो फिल्म ‘उहिले बाजेको पालामा’ राम्रो हुन सकेन । त्यसबाट पाठ सिकेर दोस्रो फिल्म बनाएको हुँ’, उनले भने, ‘आज (बुधबाब) मेरो जन्मदिन भएकाले विशेष अवसर पारेर ‘प्रेमनाथ’को ट्रेलर रिलिज गर्नुले पनि केही अर्थ दिन खोजेको छु ।’

जि फाइभ ग्रुप फिल्मस् प्रालिको ब्यानरमा बनेको ‘प्रेमनाथ’को निर्मात्री गुह्येश्वरी बेल्वासे हुन् । सहनिर्माताहरुमा बसन्तराज भट्ट, मिलन राई, बसन्तराज आचार्य, कुमुद पन्थ रहेका छन् ।

सिनोमाटोग्राफरमा सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहनी रहेका छन् । ‘प्रेमनाथ’को कार्यकारी निर्माता कपिलप्रसाद द्धा हुन् । ओएसआर डिजिटलको युट्युव च्यानलमा ‘प्रेमनाथ’ ट्रेलरलाई राखिएको छ ।

फिल्मको संगीत सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीले गरेका छन् । गीतका शब्द निर्देशक बेल्वासेले लेखेका हुन् । गीतमा राजेश पायल राई, भुपु पाण्डे, बेनुका राई, सुचित्रा पन्थी, अञ्जली पटेल, चित्रवीर जिसी र एसडी योगीको स्वर रहेको छ ।

फिल्ममा निर्देशक बेल्वासेका साथै राज थापा, कृति गौतम, मियुन जिरेल, मोनालिसा विष्ट, सुरवीर पण्डित, शेखर जंग मल्ल, सम्झना भेटवाल, गजित विष्ट, नवीन श्रेष्ठ, कमल गाउँले, रेश्मा कुँवर, सिर्जना सुनुवार, राजकुमार सिटौला, पूजा रिजाल, साजिदा सिद्धिकी, गौरव भट्ट, राकेश रनपाल, विनोद सिंह, इशिका पौडेल, रविन भण्डन, तेज जंग, धनवीर खत्री, सुरज पाण्डेको अभिनय रहेको छ ।

 

Published : Wednesday, 2019 January 2, 6:03 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया