प्रताप-मेलिनाको स्वरमा ‘कान्छीको डिम्पल’

काठमाडौं । प्रताप दास र मेलिना राईको स्वर रहेको ‘कान्छीको डिम्पल…’ लोक आधुनिक गीत रिलिज गरिएको छ ।

गीतमा संगीत बसन्त सापकोटाको रहेको छ । गीतका शब्द जुनी रानाले लेखेकी हुन् ।

जनता म्युजिकको युट्युबबाट च्यानलबाट ‘कान्छीको डिम्पल…’को म्युजिक भिडियोलाई बिहीबार रिलिज गरिएको हो ।

म्युजिक भिडियोको निर्देशन निश्चल केसीले गरेका छन् । सम्पादन अमृत चापागाइँले गरेका हुन् ।

ज्ञानेन्द्र शर्माको छायाँकन, गम्भीर विष्टको कोरियोग्राफर रहेको म्युजिक भिडियोमा शिशिर श्रेष्ठ र मेलिना राईले अभिनय गरेका छन् ।

म्युजिक भिडियोको पोष्ट प्रोडक्सन जनता फिल्मसले गरेको छ ।

Published : Thursday, 2018 December 27, 4:35 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया