अइसले बोक्ने पेस्तोल प्रहरी प्रभागमा चल्यो

काठमाडौं । ललितपुर जिल्लाको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा गोली चलेको छ । गोली चल्दा एकजना प्रहरी जवान घाइते भएका छन् ।

शुक्रबार राति ९ बजे पेस्तोलमा गोली लोड अनलोड गर्दा पड्किएको पोस्तोलबाट प्रहरी जवान रोशन श्रेष्ठ घाइते भएको दाबी गरिएको छ ।

ललितपुर महानरीय प्रहरी परिसरका बरिष्ठ प्रहरी उपरीक्षक रविन्द्र धनुकले प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक रमेश तामाङले पेस्तोलमा गोली अनलोड गर्ने क्रममा अचानक पड्केर प्रहरी जवान श्रेष्ठलाई लागेको बताए ।

श्रेष्ठको बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको छ । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारपछि श्रेष्ठको अवस्था सामान्य रहेको उनले बताए ।

अनुसन्धानका लागि सातदोबाटोस्थित प्रहरी कार्यालयका डीएसपी गौतम मिश्रको कमाण्डमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

Published : Saturday, 2018 December 22, 12:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया