पूर्वएमाले निकटका यी ठूला गुण्डा नाइके जेलबाट छुटे

काठमाडौं । तत्कालीन एमाले निकटका गुण्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ जेलबाट थुनामुक्त भएका छन ।

सर्वोच्च अदालतेका आदेशपछि गुरुङ बिहीबार थुनामुक्त भएका हुन । राप्रपाको मनाङ जिल्ला अध्यक्ष भएका बेला गुण्डा नाइके मनाङे तत्कालीन एमालेमा प्रवेश गरेका थिए ।

एमालेले मनाङेलाई प्रदेश सभाको टिकट दिएको थियो । सामाजिक सन्जाल र एमालेभित्र विरोध भएपछि मनाङेलाई स्वतन्त्रमा उम्मेदवारी दिन लगाए सहयोग गरेर जिताएको थियो ।

सर्वोच्च अदालतको आदेशले गुण्डा नाइके मनाङेलाई डिल्लीबजार कारागारले थुनामुक्त गरेको छ ।

गुन्डा नाइके मनाङे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजार कारागारमा कैद सजाय भुक्तान गरिरहेका थिए । उनलाई वैशाख ७ गते काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको थियो ।

मनाङेलाई तत्कालीन पुनरावेदन अदालत पाटनले पाँच वर्ष थुनामा राख्न आदेश दिएको थियो । प्रहरीको आँखा छल्दै र राजनीतिक संरक्षणमा हिँडदै आएका गुण्डा नाइके मनाङलाई स्वयम्भूबाट पक्राउ गरिएको थियो ।

गुण्डा नाइके मनाङेले सर्वोच्च अदालतमा २७ हजार ३ सय ७५ रुपियाँ धरौटी बुझाएर मुद्दा पुनरावलोकनको निवेदन दिएका छन् ।

मनाङेको समूहले ०६१ सालमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार होनेको थियो ।

प्रहरीले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो ।

गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दिएको थियो ।

फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मुद्दा ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनाएको थियो ।

Published : Friday, 2018 December 21, 7:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया