केपी ओलीका विश्वासपात्र अर्थमन्त्रीलाई गिराउन पाण्डे–पौडेल कस्सिए

काठमाडौ । विगत ८ दिनदेखि सेयर लगानीकर्ताहरू सेयर बजारको विकास र विस्तारको माग गर्दै अनशनमा छन् ।

अनशनरत लगानीकर्ताहरूले २ पुसदेखि आमरण अनशनमा बस्ने चेतावनी दिएपछि अर्थ मन्त्रालयले अनशनको छैटौं दिन उनीहरूले राखेका १४ बुँदे मागमध्ये १२ बुँदा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो ।

प्रतिबद्धता पश्चात शुक्रबारबाट सोमबारसम्मका लागि अनशन स्थगन गरेको जनप्रहार साप्ताहिकले समाचार छापेको छ ।

उनीहरूको माग पूरा गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित कार्यदलमा अनशनकारीको तर्फबाट सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, नेपाल पुँजीबजार संघका महासचिव नयन बास्तोला र सेयर लगानीकर्ता दबाब समूहबाट तिलक कोइराला थिए ।

उनीहरूलाई शुक्रबार वार्तामा राखियो । शनिबार २ बजे राष्ट्र बैंकमा बोलाइएको बार्तामा भने राखिएन । संयोजक श्रेष्ठले फोन गरेर अहिले तपाईहरूको काम छैन । आवश्यक परे बोलाउँला, यसमा तपाइहरूलाई कुनै गुनासो भए मन्त्रालय नै जानु भनेपछि रिसाएका उनीहरूले मंगलवारबाट आमरण अनशन सुरु गर्ने भएका हुन् । यो आन्दोलनको संयोजक लगानीकर्ता हरि ढकालले गर्दै आएका छन् ।

यो वार्तालाई भाड्ने तर्फ नेपाल इन्भेष्टर फोरमका अध्यक्ष अम्बिका पौडेल र पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे रहेको चर्चा शेयर बजारमा चुलिएको छ । यी दुईजना आन्दोलनकारीलाई उचालेर अर्थमन्त्रीलाई सिध्याउने खेलमा लागेको स्रोतको दाबी छ ।

विशेषतः पौडेल बजार घटाएर ९०० को हाराहारीमा ल्याउने तयारीमा छन् भने पाण्डे अर्थमन्त्रीलाई असफल बनाउन लागेका छन् । त्यसका लागि गतिलो हतियार यही अनशनलाई बनाएका छन् । अनशन बसेका भित्रैका केही लगानीकर्तालाई पाण्डेले हात लिएको चर्चा अनशनकारीबाटै चुहिएको हो ।

यति बेला पाण्डे र पौडलेको योजनाले कति काम गर्ने हो वा होइन भन्नेमा सबैको ध्यान तानिएको छ । अनशन बसेको समयमा उनीहरूको माग सम्बोधन गरेको भए मन्त्रीलाई नै सजिलो हुने थियो । तरमा यसमा बाधक बनेका पौडेललाई अर्थ मन्त्रालयका सह–सचिव उत्तरकुमार खत्रीको अभिव्यक्तिले झनै सहयोग गरेको छ । शुक्रबार मन्त्रालयले आन्दोलनमा रहेका ६ जनालाई बार्ता गर्न बोलायो ।

जसमा सेयर लगानीकर्ता संघका अध्यक्ष उत्तम अर्याल, उपाध्यक्ष ताराप्रसाद फुल्लेल, नयन बास्तोला, तिलक कोइराला, दिपेन्द्र अग्रवाल, सुस्मा ढुंगाना पुगे । उनीहरूको माग अर्थमन्त्रीबाट नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठको संयोजकत्वमा गठिन कार्यदलले दिने प्रतिवेदनमा राख्ने मौखिक सहमति भयो । अनशनमा रहेका लगानीकर्ताको माग लिखित रुपमा राख्ने विषयमा भने खत्रीले असहमति जनाएको छलफलमा सहभागी एक सदस्यले बताए ।

उनका अनुसार अम्बिका पौडेलले उनीहरूको सबै मागमा सहमति जनाउन नसकिने प्रतिकृया दिन भनेपछि खत्रीले यस्तो अभिव्यक्ति दिएको बताइएको छ । पौडेलले जति सेयर लगानीकर्ता हुन् त्यो भन्दा बढी उनी ब्रोकर हुन् । उनको ३ वटा ब्रोकर कम्पनीमा लगानी रहेको छ ।

उनको ब्रोकर नम्बर ३४ भिजन सेक्यूरिटीज प्रालिमा सेयर लगानी रहेको छ भने ४५ नम्बरको इम्पेरियल सेक्यूरिटीज कम्पनीमा ५१ प्रतिशत सेयर रहेको छ । ४२ नम्बरको सानी सेक्युरिटीज कम्पनीमा पनि उनको निकै लगानी रहेको फोरमका पूर्व पदाधिकारीको भनाई छ ।

जसका कारण उनले बैंकलाई ब्रोकरको लाइसेन्स दिने र ब्रोकर कमिशन घटाउने सहमति गराउने कुनै हालतमा नदिने पक्षमा देखिएका छन् । बैंकलाई ब्रोकर लाईसेन्स दिएको खण्डमा हाल ब्रोकर कम्पनीको नाफा घटने र कमिशनले पनि आम्दानी घट्ने भएकाले यो सहमितको एक बाधक उनी बनेका छन् ।

लगानीकर्ताहरूले पहिला देखि नै पौडेललाई सेयर बजारको भाइरसको संज्ञा दिँदै आएका छन् । अहिले आफुसँग भएको सबै सेयर बचेको र बजार ९ सयको हाराहारीमा ल्याएर पुन बजारमा पस्ने योजनामा रहेको फोमरका पूर्व पदाधिकारीभित्रै चर्चा चल्न थालेको छ ।

ब्रोकरकानजिक रहेका पौडेल र अर्थमन्त्री युवराज खतिवडाको विचार मिल्न थालेको छ । मन्त्री पनि सेयर बजारमा सकारात्मक सोच राख्न सक्तैनन् । उनले आफु मन्त्री भए लगत्तै सेयर बजारलाई अनुत्पादकको संज्ञा दिएका थिए ।

उनको यो अभिव्यक्तिलाई पुर्व मन्त्री पाण्डेले पनि निकै आलोचना गरेका थिए । युवराज खतिवडा मन्त्री भएदेखि नै हरेक विषयमा आलोचनामा उत्रेका उनलाई खतिवडा असफल बनाउने यो हतियार कत्तिको उपयोगी हुने हो त्यो भने हेर्न बाँकी नै छ ।

Published : Tuesday, 2018 December 18, 11:29 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया