चार महिलाद्वारा गर्भवती महिलाको हत्या

काठमाडौं । काठमाडौंमा एकजना ६ महिनाकी गर्भवती शिक्षिकाको हत्या गर्ने चारजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शिक्षिकाको हत्या गरेर फरार भएका चारजनालाई प्रहरीले एकै दिनमा पक्राउ गर्न सफल भएको हो ।

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

उनीहरूले आइतवार मुगुको सोरु गाउँपालिका–८ घर भई टोखा नगरपालिका–८ मिलनटोल निवासी २६ वर्षीया अजिता मल्लको हत्या गरेका थिए ।

पक्राउ पर्नेहरूमा मुगुको सोरु गाउँपालिका–८ की २६ वर्षीया विष्णुमाया मल्ल (शाही), मुगुकै छायाँनाथ रारा नगरपालिका–१ की २६ वर्षीया भगवती मल्ल, छायानाथ नगरपालिका–१ का २१ वर्षीय गान्डिपराज मल्ल र पोखरा महानगरपालिका–८ की २३ वर्षीया रीता केसी रहेका छन् ।

उनीहरूले अजिता मल्ललाई टोखा नगरपालिका–८ मिलनटोलस्थित तारानाथ अर्यालयको घरमा हत्या गरेर फरार भएका थिए । उनीहरू सबैजनलाई अपराध महाशाखाको टोलीले राजधानीका विभिन्न स्थानबाट सोमबार पक्राउ गरी हिरासतमा लिएको छ ।

हत्यामा संलग्न सबैले बयानका क्रममा घटना स्वीकार गरेको एसएसपी सिंहले बताएका छन ।

Published : Monday, 2018 December 17, 11:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया