यी पूर्वमन्त्रीलाई पक्राउ गर्न प्रहरी परिचालन

काठमाडौं । ठगी आरोपमा पूर्वमन्त्री एवम् व्यवसायी रुप ज्योतिलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको पत्रको आधारमा अदालतले बिहीबार पक्राउ पुर्जी जारी गरेको हो ।

ज्योति समूहका अध्यक्ष समेत रहेका रुप ज्योति तत्कालीन राजा ज्ञानेन्द्र शाहको मन्त्रिमण्डलमा अर्थमन्त्री थिए ।

काठमाडौंको बाँसवारी क्षेत्रमा हाउजिङ निर्माण गर्ने भन्दै पूर्वमन्त्री रुप ज्योतिले ल्याण्डमार्क डेभलपर्स प्रालिमार्फत सर्वसाधारण व्यक्तिबाट पैसा लिएका थिए ।

रुप ज्योतिले काठमाडौं महानगरपालिका वडा नं. २६ बस्ने विज्ञेन्द्रकृष्ण मल्लको २ करोड ७० लाख ठगी गरेका छन् ।

Published : Thursday, 2018 December 6, 7:31 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया