रावलले निर्मलाको बलात्कार र हत्या स्वीकार गरे

काठमडौं । निर्मला पन्त हत्यामा काठमाडौंमा पक्राउ परेको भनिएका प्रदीप रावलले हत्यामा संलग्न रहेको प्रहरीलाई बयान दिएको दाबी गरिएको छ ।

अन्नपूर्ण पोस्ट दैनिकको अनलाइन संस्करणले काठमाडौंबाट पक्राउ परेको भनिएका निर्मला पन्तका छिमेकी रावलले बलात्कारपछि हत्या गरेको बयान दिएको जनाएको छ ।

स्रोतलाई हवाला दिँदै अन्नपूर्ण पोस्ट दैनिकको अनलाइनले निर्मला पन्तका छिमेकी प्रदीप रावलले हत्यामा संलग्न रहेको साविती बयान दिएको दाबी गरेको छ ।

रावललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले केही दिन अगाडि पक्राउ गरेको थियो । रावलले हत्या स्वीकार गरेको जनाइएको छ ।

बुधबार राति नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनालको उपस्थितिमा भएको बयानमा रावलले निर्मलाको बलात्कार र हत्याको घटना स्वीकार गरेको सीआईबी स्रोतलाई उदृत गर्दै अन्नपूर्ण दैनिकको अनलाइन संस्करणले जनाएको छ ।

सीआईबीले रावलसँग बुधबार राति १० बजेदेखि बिहीबार बिहान २ बजेसम्म बयान लिएको थियो । रावलले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका हुन् ।

रावलले निर्मला पन्तको बलात्कार र हत्याको घटना स्वीकार गरेपछि प्रहरीले डीएनए परीक्षण गरेको छ । रावलको डिएनए प्रहरीको प्रयोगशालामा पठाएको छ । यसको रिपोर्ट शुक्रबार मात्र आउनेछ ।

रावलको बयानपछि कञ्चनपुरबाट प्रहरीले केही व्यक्तिहरूलाई पनि पक्राउ गरेको छ । उनीहरूलाई अनुसन्धानका लागि काठमाडौं ल्याइएको छ ।

निर्मला पन्तका छिमेकी रावलका बुबाआमा भारतमा बस्दै आएका छन् । निर्मला पन्तको शव भेटिएको दिनदेखि बेपत्ता भएका प्रदीप रावल चार महिनासम्म भारतमै बसेका थिए ।
केही दिनअघि मात्र काठमाडौं आएको सूचना पाएपछि प्रहरीले रावललाई पक्राउ गरेको थियो ।

रावललाई महाराजगञ्ज वृत्तमा राखेर अनुसन्धान भइरहेको स्रोतको दाबी छ । बिहीबार रातिको साविती बयानमा आईजीपी खनालका साथमा सिआईबी प्रमुख डीआईजी निरजबहादुर शाहीलगायत सहभागी भएको अन्नपूर्ण पोस्ट दैनिकको अनलाइन संस्करणले जनाएको छ ।

Published : Thursday, 2018 December 6, 4:35 pm

1 प्रतिकृया प्राप्त “रावलले निर्मलाको बलात्कार र हत्या स्वीकार गरे”

  • Awta aparadhi samatna yati samaya lagyo. Jayhos balla nirmalako atmalay Santi pawnay vayo. Yadi yo aparadhi Sachin ho vanay

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया