निर्मला हत्याकाण्डमा काठमाडौंबाट युवक पक्राउ

काठमाडौं । चातर्फी दवाव परेपछि प्रहरीले निर्मला पन्त हत्याकाण्डमा संलग्न रहेको आशंकामा एकजना युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले महेन्द्रनगरका एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको हो । पक्राउ परेका युवकको परिचय गोप्य राखिएको छ ।

पक्राउ परेका युवक घटनाका बेला गाउँमै थिए । घटनापश्चात काठमाडौं आएको अनुसन्धानका क्रममा देखिएको छ ।

पक्राउ परेका ती युवकको गतिविधिका आधारमा उनी नै संलग्न छन् कि भन्ने शंका भएर पक्राउ गरेको स्रोतले जनाएको छ ।

निर्मला बलात्कार र हत्या घटनाको छानबिनमा सरकार र प्रहरीले धेरै समिति बनाएको छ । तर ती समितिहरूले ठोस प्रतिवेदन दिन सकेका छैनन् ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टसहित ५ जना प्रहरी अधिकारीलाई बर्खास्त भएका छन् ।

Published : Wednesday, 2018 December 5, 6:52 pm

1 प्रतिकृया प्राप्त “निर्मला हत्याकाण्डमा काठमाडौंबाट युवक पक्राउ”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया