यी हुन् अर्काकी पत्नीसँग यौनसम्पर्क राख्ने राजपाका कोषाध्यक्ष

राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल सप्तरीका कोषाध्यक्ष मनोजकुमार मेहता अर्काकी पत्नीसँग जवरजस्ती यौनसम्पर्क गरेको अभियोगमा पक्राउ परेका छन् ।

सप्तरी जिल्लाको छिन्नमस्ता–५ लोखरम निवासी मेहतालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए । मेहता आइतबार पक्राउ परेका हुन् ।

मेहताविरुद्ध बलात्कार तथा ठगी दुवै मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइएको छ ।

कारागारमा थुनामा रहेका पतिलाई छुटाइदिने बहाना बनाएर राजपा नेपालका कोषाध्यक्ष मेहताले ती महिलासँग जवरजस्ती यौनसम्पर्क गर्नुका साथै लाखौँ रुपियाँ ठगी गरेको आरोप छ ।

मेहताले ती महिलासँग पटक पटक गरेर दश लाख रुपियाँ ठगी गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ ।

Published : Tuesday, 2018 December 4, 4:39 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया