जति बेला पनि रक्सी पिउन नपाइने, तोकियो समय

काठमाडौं । कम्युनिस्ट सरकारले रक्सी बिक्री वितरणमा थप बन्देज लगाउने तयारी गरेको छ ।

नयाँ रक्सी उद्योग खोल्न नै रोक लगाउने गरेर सरकारले गृहकार्य गरेको छ । रक्सी बिक्री वितरण समय पनि तोक्ने तयारी छ।

सरकारले रक्सी उत्पादन र बिक्री वितरण नियम तथा हानिकारक सेवन नियन्त्रण सम्बन्धी कार्यकारी आदेश–२०७५ जारी गर्ने भएको छ ।

आदेशको मस्यौदा तयार भएर छलफल क्रममा रहेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिएका छन् ।

मस्यौदाअनुसार धार्मिक, शैक्षिक तथा सार्वजनिक स्थलबाट कम्तीमा ३ किमी टाढा मात्रै उद्योग सञ्चालन गर्न पाइनेछ ।

मदिरा सेवनको मात्रा, बिक्री वितरण गर्ने समय र स्थान समेत तोकिएको छ ।

बिक्रेताले दिउँसो ४ बजेदेखि राति ९ बजेसम्म र होटल तथा रेष्टुरेन्टले साँझ ५ देखि १० बजेसम्म मात्रै मदिरा बेच्न पाउने मस्यौदा बनाइएको छ ।

सार्वजनिक स्थलमा बसेर सेवन गर्न नपाउने व्यवस्था गरिने भएको छ ।

Published : Monday, 2018 December 3, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया