टाटा मोटर्सले ल्यायो सस्तो मूल्यमा नयाँ गाडी

काठमाडौं । टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङ प्रालिले प्यासेन्जर गाडी, नयाँ टाटा टिगोर ल्याएको छ ।

टाटा टिगोर पेट्रोलबाट चल्ने सेडानको न्यूनतम २७ लाख ५५ हजार मूल्य निर्धारण गरिएको छ । टाटाका सबै आधिकारिक बिक्री केन्द्रमा उपलब्ध हुनेछ ।

टाटा मोटर्सका इन्टरनेसनल प्यासेन्जर युनिटका प्रमुख सुजन रोयले बोल्ड, आकर्षक बनावट र उपयुक्त प्रिमियम खोज्ने ग्राहकका बीच कम्प्याक्ट सेडान निकै लोकप्रिय रहेको बताए ।

टाटाको नयाँ उत्पादन मात्र नभई सबै अटोमोबाइल उद्योगको नयाँ आयाम हो । नयाँ टिगोरले चारपांग्रे बजारमा आफ्नो उपस्थितिलाई थप सुदृढ बनाएको र आफ्नो अटुट प्रतिबद्धतालाई पनि पुनः एकपटक प्रमाणित गरेको पनि कम्पनीले जाड दिएको छ ।

यसमा भएको ब्रेक फ्री कुप रुफ लाइन र डियुल चेम्बर प्रोजेक्टर हेड ल्याम्प्सले यसको बनावट आकर्षक बनाएको छ ।

यो सेडान एजिप्सियन निलो, रोमन सिल्भर, एस्प्रेसो खैरो, बेरी रातो, पियरसेट सेतो र टिटानियम खैरो गरी ६ वटा रंगमा उपलब्ध रहेको छ ।

३४ वर्षदेखि कार्यरत सिप्रदीको वार्षिक कारोबार ३५ करोड अमेरिकी डलरभन्दा बढी छ । यसको कारोबार तीव्र गतिमा बढ्दै गएको छ ।

Published : Monday, 2018 December 3, 8:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया