सर्लाहीकी महिलालाई गौशालामा खुकुरी प्रहार

काठमाडौं । काठमाडौंको गौशालामा एक महिलालाई धारिलो हतियार प्रहार गर्ने भारतीय नागरिक आनन्द कुमारलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त गौशालाले आनन्द कुमारलाई सोमबार दिउँसो पक्राउ गरेको हो । आनन्द कुमारलाई खकुरीसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

तिलगंगा बस्ने भारत बिहार घर भएका आन्नद कुमारल गौशाला बस्ने सर्लाही हरिवनकी एक महिलालाई सोमबार दिउँसो दुई बजे खुकुरी प्रहार गरी घाइते बनाएका थिए ।

गम्भीर घाइते भएकी ती महिलाको चाबहिलस्थित ओम अस्पतालमा उपचार भैरहेको छ ।

Published : Monday, 2018 December 3, 8:20 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया