घोराहीमा व्यवसायीको हत्या, एकजना पक्राउ

घोराही । दाङ जिल्लाको घोराही उपमहानगरपालिकामा एकजना व्यवसायीको हत्या भएको छ । हत्या आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

दाङ जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले पक्राउ परेका व्यक्ति समेत घाइते अवस्थामा फेला परेको जानकारी दिएका छन् ।

घाइते अवस्थामा फेला परेका ती व्यक्तिको कोठामा केही निर्माण सम्वन्धि औजार र सामाग्री फेला परेका छन् । मृतककी पत्नी बेहोस अवस्थामा रहेकी थिइन् ।

प्रहरीले पक्राउ परेका व्यक्तिको नाम र ठेगाना भने खोल्न चाहेको छैन । बिहीवार बेलेका घोराहीमा हार्डवेयरको व्यवसाय गर्दै आएका ४५ वर्षीय नन्दबहादुर घर्ती मगरको चक्कु प्रहार गरी हत्या भएको थियो ।

घोराही उपमहानगरपालिका वडा नं. १३ लामिडाँडाको दुधेसोतामा बिहीवार बेलुका ८ बजेतिर घर्ती मगर गम्भीर घाइते अवस्थामा फेला परेका थिए । उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पु-याए लगतै चिकित्सकले मृत घोषणा गरेका थिए ।

रोल्पा जिल्लाका स्थायी बासिन्दा घर्ती मगर पछिल्लो समय घोराही बसपार्कको पुल नजिकै माडी हार्डवयर पसल सञ्चालन गर्दै आएका थिए ।

Published : Friday, 2018 November 30, 11:35 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया