सुर्खेत प्रहरीको दादागिरिः थुनुवासँग आफन्तलाई भेट्न दिँदैन

सुर्खेत । अमरदीप अटो मोबाईल्स ग्यारेजका संचालक भीमबहादुर खत्रीले आफ्नो सामान हराएको भन्दै गत असोज १ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा दर्ता गराएको मुद्धामा सुर्खेत प्रहरीले आलटाल गरेर प्रक्रिया लम्बाएको छ ।

हराएको भनिएका सामानहरू सावीर मियाँको पसलमा फेला परेका थिए । सावीरलाई प्रहरीले कात्तिक २० पक्राउ गरेको हो ।

मियाँले कवाड समान आफूहरूले अन्य व्यक्तिबाट खरिद गरेको बताएका छन् । तर, मियाँलाई आफन्तसँग प्रहरीले भेट्नै दिएको छैन । मियाँका आफन्तले प्रहरीबाट ज्यादती भएको भन्दै आक्रोश व्यक्त गरेका छन् ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतको आग्रह अनुसार सुर्खेत उद्योग वाणिज्य संघले स्थलगत निरीक्षण गरी खरिद गरेको भनिएको ९९ दशमलब ८ केजी कवाड समानको मूल्य १ हजार ९ सय ९६ रुपियाँ रहेको जानकारी गराएपनि प्रहरीले सरकारी वकिलको कार्यालयमा नपठाएको उनीहरूको भनाई छ ।

उनीहरूले ट्याक्टरको पुरानको इञ्जिन पुनः प्रयोगमा नआउने भन्दै उद्योग बाणिज्य संघले कवाड समानको दर रहेको पत्र मंसिर २ गते जिल्ला प्रहरी कार्यलय सुर्खेतमा पठाएपनि प्रहरीले यसलाई हटाएर १ लाख २२ हजार बराबरको विगो नयाँ मूल्य सहितको व्यहोरा मंसिर ४ गते सरकारी वकिलको कार्यलयमा पेश गरेको बताएका छन् ।

वकिलको कार्यलयले सुर्खेत उद्योग बाणिज्य संघसँग बुझेर इञ्जिन फेरि प्रयोगमा आउने हो वा होइन समान के कस्तो अवस्थमा छ कति मूल्य बराबरको समान छ भनी बुझ्न जिल्ला प्रहरी कार्यलयलाई निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ ।

सरकारी वकिल कार्यालयले गत मंसिर ४ गते पठाएको पत्रको जवाफ प्रहरीले अहिलेसम्म पनि नपठाएको भन्दै पीडितले दुखेसो पोखेका छन् ।

सुर्खेत उद्योग वाणिज्य संघले १४४ नम्बरको चलानी नम्बर भएको पत्र मंसिर २ गते नै पठाई सकेको जनाएको छ ।

प्रहरी कार्यलय सरकारी वकिलको कार्यलयवीचको दुरी पाँच मिनेटको अन्तरमा हुँदा समेत आफूहरूको समस्याप्रति प्रहरी गम्भीर नभएको गुनासो छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतले भने आफूहरू यसको प्रकियमा रहेको भन्दै केही दिनभित्र पत्र पठाउने जनाएको छ ।

Published : Sunday, 2018 November 25, 1:32 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया