भुपु-बेनुकाको जोडीले ल्यायो ‘जुनी भरि सँगै जिउँला’ (भिडियो)
काठमाडौं । युवा पुस्ताको चाहनाअनुसार गीत गाउँदै आएका गायक भुपु पाण्डेले अर्को फरक शैलीमा पप गीत ल्याएका छन् ।
गीतमा भुपुलाई गायिका बेनुका राईले साथ दिएकी छिन् । भुपु र बेनुकाले ‘जुनी भरि सँगै जिउँला’ बोलको गीत रिलिज गरेका छन् ।
गीतका प्रस्तुतकर्ता राजेश अर्याल हुन् । शब्द पनि अर्यालले लेखेका हुन् । ‘स्मृति’ एल्वमको यो गीतलाई भुपु आफैले संगीत र एरेञ्ज गरेका हुन् ।
आफ्ना प्रत्येक गीतमा नयाँ प्रयोग गर्दै आएका गायक भुपुले यस पटक अलिक फरक खालको पप गीत ल्याएको बताए । ‘गीतहरू गाएको छु । सबैमा केही न केही फरक दिने प्रयासमा हुन्छु’, उनले भने, ‘पप शैलीको यो गीत पनि अरु गीतहरूभन्दा केही फरक अवस्या पाइनेछ ।’
म्युजिक भिडियोमा सागर थापा र मानसी तामाङको अभिनय छ । म्युजिक भिडियोलाई अनिलकृष्ण मानन्धरले गरेका हुन् ।
पहिलेका गीतभन्दा मेहनत र पैसा पनि धेरै खर्च भएको भुपुको भनाइ छ । ‘यो गीतमा मेहनत पनि धेरै भएको छ’, उनले भने, ‘गीत रेकर्डदेखि म्युजिक भिडियो बनाउँदासम्म पहिलाका गीतमा भन्दा धेरै खर्च भएको छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत