म्युजिक भिडियोमा देखिइन् केकी अधिकारी (भिडियो)
काठमाडौं । फिल्म निर्देशक अमर ओलीको निर्देशनमा आधुनिक गीत ‘प्यारी नक्कली’को म्युजिक भिडियो सार्वजनिक भएको छ ।
नेपाली फिल्महरू निर्देशन गर्दै आएका ओलीले पछिल्लो पटक म्युजिक भिडियो निर्देशन गरेका हुन् । ओलीद्वारा निर्देशन गरिएको फिल्म ‘आरोप’ रिलिजको अन्तिम तयारीमा छन् ।
गायक प्रमोद खरेलको स्वरमा रहेको ‘प्यारी नक्कली’ बोलको गीतलाई कृष्ण रोकाले संगीत दिएका छन् । गीतमा शब्द रोकाकै छ । गीतलाई एरेञ्ज विपिन आचार्यले गरेका हुन् ।
निर्देशक ओलीले बेला म्युजिक भिडियोमा निर्देशन गर्ने गरेका छन् । ‘गीत राम्रो थियो । समय पनि थियो’, ओलीले भने, ‘त्यसपछि टिम बनाएर छायाँकन गरियो ।’
म्युजिक भिडियोमा नायिका केकी अधिकारी, रविन्द र रामले अभिनय गरेका छन् । म्युजिक भिडियोका छायाँकार मुकेश हुमागाइँ हुन् । जनता डिजिटल प्रालिले म्यजिक भिडियोको पोष्ट प्रोडक्सन गरेको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत