कपिलवस्तुमा सांसदका उम्मेदवारको गोली हानी हत्या, दुईजना पक्राउ

तौलिहवा । कपिलवस्तु जिल्लाको मोतीभारीस्थित घर नजिकै प्रदेश सभा निर्वाचनका बेला स्वतन्त्रबाट उम्मेदवार भएका ‘राजा बाबु’ भनिने दीपेन्द्रकुमार चौधरीको हत्या भएको छ ।

शुक्रबार राति साढे ८ बजे दुईजनाको समूहमा रहेको अपरिचित समूहले चौधरीमाथि गोली प्रहार गरी घम्भीर घाइते बनाएको कपिलवस्तुका प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

निर्वाचन क्षेत्र नं. १ ‘ख’बाट प्रदेश सभा सदस्यका स्वतन्त्र उम्मेदवार रहेका चौधरीलाई शुद्धोधन गाँउपालिका वडा नं. ४ मोतीभारीस्थित घर भई नजिकै सडकमा अपरिचित समूहले गोली हानेको रावलले बताए । चौधरीलाई गोली प्रहार भएको कारण खुल्न सकेको छैन ।

गोली लागेर गम्भीर घाइते भएका चौधरीलाई लबनी स्वाथ्य चौकीमा उपचार गराउन लगिएको थियो । त्यहाँ उपचार नसकेपछि चौधरीलाई मेडिकल कलेज लैजाँदै गर्दा बाटोमै मृत्यु भएको नायब उपरीक्षक रावलले जानकारी दिए ।

प्रहरीले गोली हानेको आशंकामा दुईजना व्यक्तिलाई नियन्त्रणमा लिएको नायब उपरीक्षक रावलले जानकारी दिए । गोली प्रहार भएको स्थानबाट गोलीका ३–४ वटा खोका पनि भेटिएको छ ।

Published : Saturday, 2018 November 24, 8:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया