नृत्यबाटै चर्चित हुन चाहन्छिन्, मेग्ना

काठमाडौं । बच्चामा छँदा छायाँ हेरेर नृत्य सिकेकी मेग्ना मगर अहिले एक कुशल नृत्यकार हुन्। उनले यति राम्रो नृत्य गर्छिन, कि उनको माग अहिले चारैतिर छ ।

उनी मोडल पनि हुन् । ‘म यस्तो संसारमा, चौबन्दी चोली, कमली कमली जस्ता बोलका गीतमा उनले मज्जासँग नृत्य गरेकी छन् । मेग्ना गीत संगीतकी पारखी पनि हुन् ।

नृत्यबाटै चर्चित हुन चाहन्छिन, मेग्ना । २८ वर्षअघि बुटवलमा जन्मेकी मेग्ना ६ वर्ष अगाडि काठमाडौं आइन् । काठमाडौं आउने वित्तिकै उनको पहिलो काम नित्य सिक्नु थियो ।

किनभने यस क्षेत्रमा उनको ठूलो सोख छ । पद्मकन्या कलेजमा नृत्य विषयमा स्नातक गर्दैछिन् ।

उनले केही फिल्मा कोरियाग्राफि गरेकी छन् । लक्षु गौतमले बनाउन लागेकी ‘ब्ल्याक इयर’ नामक फिल्ममा उनी कोरियाग्राफर छिन् । उनले सातदोवाटोमा नृत्यसँग सम्बन्धित संस्था खोलेर नृत्यमा रुचि राख्नेहरुलाई प्रशिक्षण दिँदै आएकी छन् ।

यसअघि उनी कोटेश्वर तथा केही स्कुलमा पनि नृत्य प्रशिक्षक भएर काम गरेकी थिइन् ।

मेग्ना भन्छिन, ‘नृत्यमा मेरो ठूलो रुचि छ । नृत्यबाटै चिनिने मेरो सोख छ । हेरौ म काँहासम्म सफल हुन्छु ।’ त्यसो त, मेग्नाले सानोमा निकै ठूलो संघर्ष गरिन ।

उनको आमाले दोश्रो विहे गरेपछि उनले संघर्ष यति गरिन कि, उनको कुरा सुन्दा जो कोहीको मन पनि दुःख छ । आज परिस्थिति फेरिएको छ । उनी क्रमशः सफल हुँदै गएकी छन् ।

Published : Thursday, 2018 November 22, 11:39 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया