गोली हानी हत्या भएपछि दुहबीमा प्रदर्शन

इटहरी । सुनसरीको दुहबीका स्थानीय बासिन्दाले ५४ वर्षीय फिदा हुसेनलाई गोली हानेर हत्या गरिएको विरोध आफन्त र स्थानीयले प्रदर्शन गरेका छन् ।

हुसेनको हत्या गर्ने दोषीलाई पक्राउ गर्न माग राख्दै बुधबार बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन गरिएको हो ।

मुस्लिम समुदायमाथि लगातार आक्रमण हुन थालेको भन्दै स्थानीय बासिन्दा त्रसित बनेका छन् ।

दुहबी ९ छाताबेलीमा रहेको जय बाबा इटा उद्योगका म्यानेजर ५४ वर्षीय फिदा हुसेनको बुधबार बिहान गोली हानेर हत्या गरिएको थियो ।

मृतकको शव आफ्नै घरमा राखिएको छ । गोली प्रहार गर्ने समूहको खोजी कार्य सूरू गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सुनसरीको हरिनगरामा केही दिन अगाडि खुर्सिद आलमको यसै गरी गोली हानी हत्या भएको थियो । आलमको हत्या भारतीय समूहले गरेको भनिएपनि घटनाका हत्यारा पक्राउ पर्न नसकेका बेला फेरि अर्को हत्या भएको छ ।

Published : Wednesday, 2018 November 21, 12:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया