यी दुई चर्चित नायिकाबीच बोलचाल छैन

मुम्बई । बलिउड नायिका दीपिका पादुकोण र रणवीर सिंहले अर्की नायिका कैटरिना कैफलाई निम्तो दिएका छैनन् । उनीहरू विवाहका लागि इटली पुगिसकेका छन् ।

विवाहमा दीपिका रणवीरको परिवार र नजिकका आफन्त मात्रै इटाली पुग्नेछन् । दीपिका रणवीरको विवाहबारे कफी विद करणमा करण जोहरले कैटरिना कैफसँग कुरा गरेका छन् ।

नायिका कैटरिना कैफले आफू विवाहको कार्डको प्रतीक्षा गरिरहेको बताएकी छिन् । उनीहरूको विवाहमा निकै उत्साहित भएको बताएकी छिन् । ‘मलाई थाहा छ विवाहको कार्ड मैले पाउनेछैन’, कैटरिना कैफले भनेकी छिन् ।

कैटरिना कैफ रणवीर कपूरकी पूर्वप्रेमिका हुन् । दीपिका पादुकोण पनि कुनै बेला रणवीर कपूरकी प्रेमिका थिइन् । सोही कारण कैटरिना र दीपिकाबीच राम्रो सम्बन्ध छैन । एजेन्सी

Published : Tuesday, 2018 November 13, 7:42 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया