यी दङ्गाली संगीतकारको गीत बिन्ध्यवासिनी अवार्डमा भिड्दै
काठमाडौं । दङ्गाली संगीतकार एवम् गायक नरेश खाती क्षत्रीको मर्मस्पर्सी लोकदोहोरी गीत बिन्ध्यवासिनी म्युजिक अवार्डको मनोनयन परेको छ ।
मनोनयनसँगै संगीतकार क्षत्रीको ‘रुदै रुदै तिम्रो शहर…’ बोलको गीतले अवार्डका लागि कडा प्रतिस्पर्धा गरिरहेको छ । अवार्ड जित्नका लागि दर्शक स्रोताको भोटिङका लागि क्षत्रीले अपील पनि गरेका छन् ।
‘मेरो गीत बिन्ध्यवासिनी म्युजिक अवार्डको मनोानयनमा परेको छ । खुसी छु । गीतले कडा प्रतिस्पर्धा गरिरहेको छ’, संगीतकार क्षत्रीले भनेका छन्, ‘दर्शक स्रोताहरूले भोटिङ गरिदिनुभयो भने पुरस्कार जित्ने सम्भावना छ । होइन भने केही भन्न सकिँदैन ।’
प्रतिस्पर्धामा रहेको गीतलाई जिताउन भोटिङ आवश्यक रहेको उनले बताए । अहिलेसम्म राम्रो रेस्पोन्स पाएको क्षत्रीले बताएका छन् ।
यो गीतलाई भोटिङ गर्न संगीतकार क्षत्रीका अनुसार मोबाइलको म्यासेज बक्समा गएर ‘बिएमए’ टाइप गरी स्पेस दिएर ‘१७सी’ टाइप गरेर ३३००१ मा सेण्ड गर्नुपर्छ । यति भएपाछि एक भोट प्राप्त हुन्छ ।
गीतमा गायक मेक्सिम खाती क्षत्री र गायिका पूर्णकला विसीको स्वर रहेको छ । शब्द र संगीत नरेश खातीले दिएका छन् ।
म्युजिक भिडियोमा रञ्जिता गुरुङ, हेउबाला गौतम, महेन्द्र गौतम, नरेश खाती क्षत्री र सुनिता थापाको अभियन रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत