‘भिलेन’ पुस २७ मा रिलिज हुने, फस्टलुक सार्वजनिक

काठमाडौं । देवेन्द्र पाण्डेद्वारा निर्देशन गरिएको फिल्म ‘भिलेन’को फस्टलुक सार्वजनिक भएको छ ।

‘भिलेन’लाई कपिल खत्रीले निर्माण गरेका हुन् । सोमबार फस्टलुक सार्वजनिक गर्दै निर्देशक पाण्डेले छिट्टै फिल्मको ट्रेलर सार्वजनिक गरिने बताए । ‘फिल्मको प्राविधिक कामले गर्दा रिलिजको डेट घोषणा गर्न ढिलाइ भएको थियो’, पाण्डेले भनेका छन्, ‘टिजरसँगै रिलिजको डेट पनि घोषणा गरिएको छ ।’

एक्सन र लभको मिश्रण रहेको ‘भिलेन’लाई धेरैभन्दा धेरै हलहरूमा एकसाथ चलाउने लक्ष्य लिइएको कपिल खत्रीले बताए । ‘भिलेन’लाई पुस २७ गते रिलिज गरिने खत्रीले जानकारी दिए । ‘भिलेन’मा निखिल उप्रेती, शिल्पा पोखरेल, निशा अधिकारी, कपिल खत्री लगायतका कलाकार अभियन रहेको छ ।

बलबहादुर श्रेष्ठ ‘शीतल’ फिल्मका निर्माता हुन् भने राजकुमार श्रेष्ठ सहनिर्माता हुन् । कार्यकारी निर्माता दीपक श्रेष्ठ, सुरज खड्का र मधु केसी हुन् । ‘द ग्लोबल पिक्चर्स प्रालि’को प्रस्तुति रहेको ‘भिलेन’मा पहाड र तराईको मायाप्रेमलाई कथावस्तु बनाइएको छ ।

मौनता श्रेष्ठको लेखन रहेको ‘भिलेन’को छायाँकन सौरभ लामा र मदन कश्यम घिमिरे गरेका छन् । फिल्ममा संगीत बसन्त सापकोटा, लालकुमार बराल र बाबुल गिरीले दिएका छन् ।

Published : Monday, 2018 November 5, 5:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया