यी हुन् गायिकाहरूसंग अबैध यौनसम्बन्ध राख्ने संगीतकार

मुम्बई । संगीतकार एवम् इण्डियन आइडलका निर्णायक अनु मलिकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । आरोप लागेपछि उनले शो छोड्नु परेको छ ।

चारजनाभन्दा धेरै महिलाले यौन दुर्व्यवहारको आरोप लगाएपछि उनलाई शोबाट निकालिएको हो । एएनआईको खबर अनुसार शोमा अनु मलिकको सट्टामा विशाल ददलानी र नेहा कक्कडसँगै कुनै अर्को ठूलो गायकलाई लिने योजना भईरहेको छ ।

अनुमलिकलाई गायिका सोना महापात्रा र स्वेता पण्डितले यौन दुर्व्यवहारको आरोप लगाएका छन् । यी बाहेक अरु दुई महिलाले पनि अनु मलिकलाई दुव्र्यवहारको आरोप लगाएका छन् । गायिका सोना महापात्राले अनुको नाम लिएकी थिइन् । गायक कैलाश खेरलाई यौन दुव्र्यवहारको आरोप लाग्नासाथ सोनाले पनि आरोप लगाएकी हुन् ।

सोनाले लेखेकी छन् कि ‘कैलाश खेर जस्तै अरु पनि इन्डस्ट्रीमा छन् । जस्तो अनु मलिक ।’ यसको जवाफमा जब अनु मलिकले सोनासँग मेरो भेट नै भएको छैन भन्ने जानकारी दिए तब सोनाले फेरि लेखिन्, ‘कस्तो कुरा गर्दै हुनुहुन्छ अनु मलिक, के तपाईले मलाई राति भेट्न बोलाउनुभएको थिएन र ?’

अनुको नाम मिटुमा आउने बित्तिकै सोनी टेलिभिजनको व्यवस्थापनले अनुलाई शो छोड्न भनेका थिए । अब उनी शोको बाँकी एपिसोड गर्ने छैनन् । अनुलाई मिटिङ्गमा बोलाएर नै शो छोड्न भनिएको थियो ।

Published : Sunday, 2018 October 21, 6:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया