कालिका अवार्ड पाएपछि गदगद भइन् गायिका गिरी

काठमाडौं । गायिका भूमिका गिरीले कालिका म्युजिक अवार्ड पाएकी छिन् । चितवनको भरतपुरमा आयोजित विशेष समारोहमा भूमिकाले उत्कृष्ट लोकदोहोरी महिला गायिकाको पुरस्कार हातपार्न सफल भएकी हुन् ।

कालिका म्युजिक अवार्ड पाएपछि गायिका गिरीले आफूभित्र नयाँ उत्साह थपिएको प्रतिक्रिया दिएकी छिन् । ‘गह भरिएका छन् । अझै सपना मै छु जस्तो लागिरहेको छ’, उनले भनेकी छिन्, ‘मलाई कालिका म्युजिक अवार्ड दिएकोमा सबैलाई धन्यावाद दिन्छु ।’

कालिका म्युजिक अवार्डमा जज र आयोजकसहित परिवारप्रति पनि उनले धन्यावाद दिएकी छिन् । गायिका गिरीले भनेकी छिन्, ‘मलाई यो स्थानमा पु-याउन सहयोग गर्ने तपाइँ भगवानरुपी दर्शकहरूमा पनि लाख–लाख धन्यवाद छ ।’

स्टेज कार्यक्रम र महोत्सवहरूमा सक्रिय सहभागिता जनाउँदै आएकी गायिका गिरीले आफ्नै स्वरमा गीतहरू पनि निकाल्ने गरेकी छिन् ।

जापान, युपरोप, गल्फ लगायतका देशहरूमा पुगेर गायिका गिरीले कार्यक्रममा गीत गाउने गरेकी छिन् ।

राजधानीमा बसेर गीतसंगीतमा सक्रिय रहेकी उनले भनिन्, ‘दर्शक र स्रोतहरूको माया पाएको छु । शुभेच्छुकहरूले कार्यक्रममा बोलाउने गर्नु हुन्छ । खुसी लाग्छ ।’

Published : Saturday, 2018 October 13, 12:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया