गायिका लिलीको स्वरमा ‘दशैँ आयो…’ (भिडियो)

काठमाडौं । गायक समेत रहेका संगीतकार भुपु पाण्डेको संगीतमा दशैँ गीत ‘दशैँ आयो…’ बोल गीत रिलिज भएको छ ।

गायिका लिली मिश्रको स्वर र शब्द रहेको दशैँ गीतको रेकर्डिङ समिर कार्कीले गरेका हुन् ।

गीतमा पारशमणि सुवेदी, अनिल गन्धर्व र निर्मल सिंहले गीतमा सितार, मादल र बाँसुरी बजाएका छन् ।

विनिशा भण्डारी, माही पण्डित र संगीता निरौलाले मोडलिङ गरेको दशैँ गीतलाई गायिका लिली मिश्रले आफ्नै युट्युब च्यानमार्फत रिलिज गरेकी छिन् ।

गायक एवम् संगीतकार पाण्डले यसअघि थुप्रै गीतहरू रिलिज गरिसकेका छन् । उनका गीतहरूमा ‘चम्पा’, ‘एक्सेप्ट गर’, ‘छाता’ लगायतका एक दर्जन बढी गीतहरू चलेका गीतको सूचीमा पर्छन् ।

Published : Thursday, 2018 October 11, 12:33 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया