नायिकाको स्कुटर दुर्घटनामा मृत्यु

पाल्पा । पाल्पा जिल्लामा बिहेको दुलान फर्काएर घर फर्किएकी २१ वर्षीया एक महिलाको दुर्घटनामा मृत्यु भएको छ ।

नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा मंगलबार मृत्यु भएको हो । उनका श्रीमान् २७ वर्षीय महेश पुन गम्भीर घाइते भएका छन् ।

थापाले मगरले चलचित्र लर्फु अर्थात पछ्यौरीमा नामक फिल्ममा नायिकाको रुपमा अभिनय गरेकी थिइन् ।

स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै उनीहरू चढेको लु ३७ प ३०९० नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।

घाइते थापाको उपचारको क्रममा लुम्बिनी मेडिकल कलेज प्रभासमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमै उपचार भैरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ ।

उनीहरूको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । मगर विद्यार्थी संघ पाल्पाकी पूर्वअध्यक्षसमेत रहेकी मृतक थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2018 October 23, 10:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया