‘प्रेमनाथ’पछि राष्ट्रवादी फिल्म खेल्ने छिन् पूजा

काठमाडौं । अभिनेता गणेश बेल्वासेद्वारा डेब्यु निर्देशन फिल्म ‘प्रेमनाथ’मा भरखरै अभिनय सिध्याएकी अभिनेत्री पूजा रिजाल अर्को फिल्मको तयारीमा छिन् ।

‘प्रेमनाथ’मा आमाको भूमिका निभएकी पूजा भोजपुरी फिल्ममा भने नायिकाको रुपमा काम गर्दै आएकी छिन् ।

अहिलेसम्म अभिनय गरेका मध्ये ‘प्रेमनाथ’को कथा र प्राविधिक विषय राम्रो रहेको पूजाले बताइन् । ‘अहिलेसम्म खेलेका फिल्मभन्दा मेरा लागि ‘प्रेमनाथ’ उत्कृष्ठ लागेको छ’, उनले भनिन् ।

यसपछि पूजाले ‘सिमानामा काँडे तार’मा खेल्ने अन्तिम तयारी गरेकी छिन् । यो फिल्म तिहारपछि छायाँकनमा जानेछ । ‘सिमानामा काँडे तार’ फिल्मको राष्ट्रवादी कथामा बन्न थालेको छ ।

भोजपुरी फिल्म ‘आशिकी’ र ‘तोहरा की गम’मा पनि पूजाले अभियनको तयारी गरेकी छिन् । भोजपुरी फिल्ममा उनलाई नायिकाकै भूमिका लागि अफर आउने गरेको पूजाले बताइन् ।

यसअघि पूजाले ‘उहिले बाजेको पालामा’, ‘मेरी कुशुम’, ‘धुम ३’, ‘कोइला लगायतका फिल्ममा अभिनय गरिसकेकी छिन् ।

नेपाली फिल्महरूमा उनले अहिलेसम्म गरेका अभिनयबाट सन्तुष्ट नै छिन् । ‘मलाई शुरुवाती दिनमा नायिकाको अफर पनि आएको थियो’, उनले भनिन्, ‘अहिले मेरो अभियनको पाटो फरक भएको छ । विशेष गरेर चरित्र अभिनेत्रीका रुपमा काम गर्दै आएको छु ।’

Published : Friday, 2018 September 28, 4:37 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया