पल्सरको नयाँ मोडलका बाइक भित्रियो, मूल्य कति ?

काठमाडौं । १५० सीसीको पल्सर नेपालमा लोकप्रिय र प्रयोग भइरहेको मोटरसाइकलमा पर्छ । पल्सरको डिजाइन र पर्फमेन्सका कारण यो लोकप्रिय बनेको छ ।

१५० सीसी पल्सरमा उपलब्ध नयाँ डिजाइनले पनि नयाँ पुस्ताका उपभोक्ताको ध्यान तानिरहेको हुन्छ ।

दुई वटा डिस्क ब्रेक भएको नयाँ मोडलको पल्सर नेपाली बजारमा उपलब्ध छ । नयाँ मोडलको नाम पल्सर १५० टीडी राखिएको छ ।

नेपालमा तीन वटा रङमा यो उपलब्ध भएको नेपालका लागि बिक्रेता कम्पनीले जनाएको छ । कालो नीलो, कालो रातो र हल्का कालो रङमा उपलब्ध छन् ।

युवा पुस्तालाई लक्षित बाइकमा चक्का, च्यासिस र सकर अन्य डिजाइनभन्दा मोटा छन् । यसबाहेक बाइकमा स्प्लिट सिट राखिएको छ ।

स्वीङआर्म पनि अन्य डिजाइनभन्दा मोटो छ । पछाडिको टायर अगाडिको टायरभन्दा मोटो छ । रियर टायर १२९ एमएमको छ । बाइकको मस्कुलर लुकका कारण युवा पुस्तालाई यसको डिजाइन मन पर्न सक्ने अनुमान गरिएको छ ।

पल्सर १५० टीडीमा १४९.५ सीसीको सिंगर सिलिन्डर डीटीएसआई इन्जिन राखिएको छ । यसमा दुई भल्भ छन् ।

बाइकको ट्यांकी १५ लिटर पेट्रोल अट्नेछ । ५ गियर उपलब्ध छन् । यसको टप स्पिट ११० किलोमिटर प्रतिघण्टा हो । यसको तौल १ सय ४४ केजी छ ।

आवाज, भाइब्रेसन र हार्नेस लेभल अघिल्ला मोडलका भन्दा सुधार गरिएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ५५ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Published : Thursday, 2018 September 27, 8:34 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया