जाँगरिला यी युवाहरूले स्थापना गर्ने भए म्युजिक लाइबेरी

काठमाडौं । म्युजिक प्रोड्युसर एसोसिएसन नेपालले नेपाली गीतहरूको संरक्षणका लागि म्युजिक लाइबेरी स्थापना गर्ने निर्णय गरेको छ ।

अनामनगरस्थित मुख्यालयमा बुधबार बसेको एसोसिएसनको बैठकले नेपाली गीत संगीतको संरक्षण गर्नका लागि नेपाली गीत संगीतको अभिलेख सुरक्षित राख्ने निर्णय गरेको हो ।

त्यसका लागि म्युजिक लाइबेरी स्थापना गर्ने निर्णय भएको नवनियुक्त सचिव केशव सापकोटाले बताए । ‘नेपाली गीत संगीतलाई व्यवस्थित रुपमा संरक्षण गर्ने छौँ’, उनले भने, ‘हाम्रा सदस्य र श्रष्टाहरूलाई पर्ने समस्यामा पनि सहयोग गर्ने छौँ ।’

एसोसिएसनले नेपाली गीत संगीतको क्षेत्रमा अनावरत रुपमा लागेका कलाकार तथा उत्पादकहरूको हकहितमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने निर्णय पनि गरेको छ ।

एसोसिएसनले संस्था सञ्चालनका लागि कार्यसमिति समेत बनाएको छ । त्यसको जिम्मेवारी हीराबहादुर केसी र सहदेव कोइरालालाई दिएको छ ।

रोयल्टी संकलन समाजले गीत संगीतको नाममा जम्मा भएको रोयल्टी गीत संगीतका सबै अभिलेख उपलब्ध नभएको जनाउँदै एसोसिएसनले रोल्यटी संकलन गरेर पनि वितरण नगर्ने परम्पराको अन्त्य गर्ने जनाएको छ ।

उत्पादक समाजमा जम्मा भएको रोयल्टी रकमबाट छलफलबिना नै मनोमानी ढंगले २५ प्रतिशत सेवा शुल्क कटाउँदै आएकोमा सेवा शुल्क वापत ५ प्रशित मात्रै कायम गरी तुरुन्तै उत्पादकहरूको रोयल्टी वितरण गराउन एसोसिएसनले पहल गर्नेछ ।

यदि सोही ढंगबाट कार्यक्रम सञ्चालन नभए कानूनी उपचारमा जाने चेतावनी पनि एसोसिएसनले दिएको छ ।

भरखरै कानूनी मान्यता पाएको एसोसिएसनको अध्यक्ष बद्री पाण्डे हुन् । कार्यसमितिको उपाध्यक्ष कस्तुप पन्त, महासचिवमा बाबुराजा केसी, सचिवमा केशव सापकोटा, कोषध्यक्षमा सन्तोष केसी रहेका छन् ।

सदस्यहरूमा सुवास रेग्मी, पदमबहादुर बुढा, एकनारायण भण्डारी, अर्जुन बोहोरा, बाबुराम बाहोरा, विमल अधिकारी, हीरा केसी र सहदेव कोइराला रहेका छन् । एसोसिएसनलेकानूनी सल्लाहकारमा राम भट्टराईलाई मनोनीत गरेको छ ।

Published : Thursday, 2018 September 27, 4:38 pm

1 प्रतिकृया प्राप्त “जाँगरिला यी युवाहरूले स्थापना गर्ने भए म्युजिक लाइबेरी”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया