‘दशैँ आयो, तिहारै आयो…’मा गोविन्दको स्वर (भिडियो)

काठमाडौं । संगीतकार एवम् गायक गोविन्दमधुर आचार्यले ‘दशैँ आयो, तिहारै आयो…’ बोलको गीत ल्याएका छन् ।

आचार्यले आफ्नै युट्युवमार्फत रिलिज गरिएको यो गीतका शब्द हिक्मत बुढाथोकीले लेखेका हुन् ।

जानुका खतिवडाको प्रस्तुति रहेको दशैँ गीतमा संगीत र एरेञ्जपनि गायक आचार्यकै छ । दशैँ र तिहार आउँदै गर्दा गायक आचार्य र खतिवडाले गीत ल्याएका हुन् ।

सबै प्रकारका गीत संगीतमा स्वर दिँदै आएका आचार्यले विदेशमा रहेका आफन्तको पीडालाई गीतमा झल्काएका छन् ।

प्रेमराज लामिछानेको निर्देशनमा बनेको म्युजिक भिडियोलाई दीपेन्द्र श्रेष्ठले सम्पादन गरेका हुन् ।

Published : Tuesday, 2018 September 25, 10:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया