गोविन्दाकी पत्नीको सेल्फीले भारतमा हँगामा

मुम्बई । बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनिता आहुजाले शुभेच्छुकसँग लिएको सेल्फी भिडियो भाइरल बनेको छ ।

गणेश चतुर्थीको अवसरमा लिइएको भिडियो भाइरल भएको हो । साडी र परम्परागत गरगहनामा सजिएकी सुनिताले सोफामा बसेका बेला शुभेच्छुकको मोबाइल आफैले लिएर सेल्फी खिचेकी थिइन् ।

सेल्फी खिच्न खोज्दा ती फ्यानसँग सुनिताले देखाएको व्यवहारबाट उपस्थित सबै खुशी भएका थिए । दर्शकहरू पनि सुनिताको प्रशंसा गरेका छन् ।

सुनिताको सेल्फीवाला भिडियो ५ लाखभन्दा धेरै पटक हेरिएको छ । गोविन्दाकी पत्नी सुनिताको यही व्यवहारको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।

सुनिता आहुजा नेपाली चेली हुन् । सुनिताको माइत भक्तपुर जिल्लामा पर्छ ।

गोविन्दाले झैं सुनिताले पनि आफ्ना फ्यानको निकै ख्याल राख्छिन् । गोविन्दाको हरेक चिजमा सुनिताले साथ दिँदै आइरहेकी छिन् । एजेन्सी

Published : Monday, 2018 September 17, 6:15 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया