गोविन्दाकी पत्नीको सेल्फीले भारतमा हँगामा
मुम्बई । बलिउड अभिनेता गोविन्दाकी श्रीमती सुनिता आहुजाले शुभेच्छुकसँग लिएको सेल्फी भिडियो भाइरल बनेको छ ।
गणेश चतुर्थीको अवसरमा लिइएको भिडियो भाइरल भएको हो । साडी र परम्परागत गरगहनामा सजिएकी सुनिताले सोफामा बसेका बेला शुभेच्छुकको मोबाइल आफैले लिएर सेल्फी खिचेकी थिइन् ।
सेल्फी खिच्न खोज्दा ती फ्यानसँग सुनिताले देखाएको व्यवहारबाट उपस्थित सबै खुशी भएका थिए । दर्शकहरू पनि सुनिताको प्रशंसा गरेका छन् ।
सुनिताको सेल्फीवाला भिडियो ५ लाखभन्दा धेरै पटक हेरिएको छ । गोविन्दाकी पत्नी सुनिताको यही व्यवहारको अहिले सामाजिक सञ्जालमा प्रशंसा भइरहेको छ ।
सुनिता आहुजा नेपाली चेली हुन् । सुनिताको माइत भक्तपुर जिल्लामा पर्छ ।
गोविन्दाले झैं सुनिताले पनि आफ्ना फ्यानको निकै ख्याल राख्छिन् । गोविन्दाको हरेक चिजमा सुनिताले साथ दिँदै आइरहेकी छिन् । एजेन्सी
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

यसमा तपाइको मत