नेपाल मेरो ससुराली होः गोविन्दा

काठमाडौं । बलिउड अभिनेता गोविन्दा काठमाडौं आएका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गोविन्दा छोरी टिना आहुजासहित शनिबार काठमाडौं आइपुगेका हुन् ।

गोविन्दाकी श्रीमती स्वास्थ्यमा समस्या देखिएका कारण काठमाडौं आएकी छैनन् । विमानस्थलमा गोविन्दाले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाल आफ्नो ससुराली घर भएको बताए ।

उनले नेपाल आफूलाई रमाइलो लाग्ने बताए । गोविन्दाकी पत्नीको माइत भक्तपुर जिल्लामा पर्छ ।

गोविन्दा र उनी छोरी टिनाले पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ ।

Published : Saturday, 2018 September 15, 12:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया