अनमोल केसीकी आमाले यी व्यक्तिसँग दोस्रो विवाह गर्दै

काठमाडौं । अभिनेता भुवन केसीकी पूर्वपत्नी सुस्मिता बोम्जन (केसी)ले एक अस्ट्रेलियन नागरिकसँग बिहेको तयारी गरेकी छिन् ।

अभिनेत्री एवम् फिल्म निर्माता सुस्मिताले भारतीय मूलका अस्ट्रेलियन नागरिकसँग विवाहको तयारी गरेकी हुन् । किलन स्वामी नाम गरेका भारतीय नागरिकसँग यही भदौ २४ गते अर्थात ९ सेप्टेम्बरमा सिंगापुरमा सुस्मिताले इन्गेजमेन्ट गरेकी हुन् ।

सुस्मिता भुवन केसीसँग डिभोर्स गरेपछि एक्लै बस्दै आएकी थिइन् । सुस्मिताले छोरा अनमोल केसीसँग सल्लाह गरेर सहमतिमा भारतीय नागरिकसँग इन्गेजमेन्ट गरेको स्रोतले जनाएको छ । अनमोल नेपाली फिल्मका नायक हुन् ।

सुस्मिताको विवाह भने सन् २०१९ को भ्यालेन्टाइन डेका दिन फिजीमा हुने निकटका साथीहरूले बताएका छन् ।

फिजीमा जन्मिएका किलन स्वामी अस्ट्रेलियाको के ग्यासका धनाढ्य व्यापारी हुन् । सुस्मिताले गत वर्ष चलचित्र ‘म त तिम्रै हुँ ‘ निर्माण गरेकी थिइन् । फिल्मले खासै राम्रो व्यापार गर्न सकेको थिएन ।

Published : Friday, 2018 September 14, 12:21 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया