पर्यटकलाई खुवाउन लोकल कुखुराको व्यवसाय

पोखरा । अन्नपूर्ण पदमार्गमा स्थानीयले लोकल कुखुराबाट राम्रो आम्दानी गर्न थालेका छन् ।

पदमार्गमा आउने पर्यटकलाई लोभ्याउन लोकल कुखुरा पालेर व्यवसाय सञ्चालन गरेका हुन् । गाउँमा होमस्टे सञ्चालन भएपछि पर्यटकलाई खुवाउन लोकल कुखुराको व्यवसाय गरिएको स्थानीयले बताएका छन् ।

मर्स्याङ्दी गाउँपालिकाको ताघ्रिङका बलबहादुर गुरुङले लोकल कुखुरापालन व्यवसाय शुरु गरेका छन् । उनले लोकल कुखुरापालनबाट राम्रो आम्दानी भएको बताए ।

पदमार्गको साथै होमस्टे रहेका ताघ्रिङको छापा, मिप्रा, घेर्मुको खानीगाउँमा आएका पर्यटकहरूले लोकल कुखुराको मासु खान मन पराउने गरेको गुरुङले बताए ।

Published : Sunday, 2018 September 2, 7:01 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया