लुम्बिनी हुँदै दाङ जाँदै छ ‘प्रेमनाथ’को शुटिङ यूनिट

काठमाडौं । गणेश बेल्वासेद्वारा निर्माण र निर्देशन गर्न लागिएको फिल्म ‘प्रेमनाथ’ भदौ १८ गतेदेखि छायाँकनमा जान लागेको छ ।

फिल्मको पहिलो छायाँकन लुम्बिनीमा हुनेछ । ‘प्रेमनाथ’लाई चैतमा रिलिजको लक्ष्य राखिएको छ । प्रेमकथामा बन्न लागेको ‘प्रेमनाथ’का लागि छायाँकन हुने स्थानको खोजी भइसकेको छ ।

‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरिसकेका बेल्वासेको यो दोस्रो फिल्म हो । फिल्मका लागि बेल्वासेले दाङमा छविराज ओझामार्फत वर्कशप समेत चलाएका थिए ।

काठमाडौंका साथै ‘प्रेमनाथ’लाई लुम्बिनी, दाङ, प्यूठान, कालिकोट, डोल्पा, मुगु, जुम्लासहितका जिल्लाहरूमा छायाँकन गरिनेछ ।

केही दृश्यहरू भारतमा छायाँकन गरिने बेल्वासले बताए । ‘प्रमेनाथ’लाई बेल्वासेले निर्देशन गर्नेछन् । यो उनको डेब्यु निर्देशन फिल्म हो ।

फिल्म ‘प्रेमनाथ’को कथा र पटकथा बेल्वासे आफैले लेखेका छन् ।

शुक्रबार आयाजित पत्रकार सम्मेलनमा पूर्वसांसद राजु खनाल, नेपाल पत्रकार महासंघको उपाध्यक्ष विपुल पोखरेल, कपिलप्रसाद दवा, बसन्तराज भट्ट, शशि थापा, कलाकार सुशील पोखरेललगायतले ‘प्रेमनाथ’ युनिटलाई सफलताका शुभकामना दिएका थिए ।

फिल्मको निर्माता गह्वेश्वरी बेल्वासे, कार्यकारी निर्माता कपिलप्रसाद दवा, सहनिर्माता बसन्तराज भट्टको रहेको छ । फिल्मको छायाँकन सुमन कार्की, द्वन्द्व भरत क्षेत्री रहनेछ ।

सन्तोष श्रेष्ठ, भुपु पाण्डे र एसडी योगीको संगीत रहेको ‘प्रेमनाथ’मा राजेशपायल राई, भुपु पाण्डे, सूची पन्थी, बेनुका राई र एसडी योगीको स्वर रहेको छ । नृत्य रजिन पाठक र मेकअप राकेश रणपालको रहने निर्देशक बेल्वासेले बताएका ।

वरिष्ठ अभिनेता निर शाह, मोहन निरौला, सुरवीर पण्डित, कमल गाउँले, मोनलिशा विष्ट, राज थापा, पूजा रिजाल, कीर्ति गौतम, राजकुमार सिटौला, रञ्जन पौडेल, गौरव भट्टको फिल्ममा अभिनय रहनेछ ।

Published : Saturday, 2018 September 1, 11:50 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया