‘प्रेमनाथ’मा यी कलाकारहरूले गर्नेछन् अभिनय

काठमाडौं । अभिनेता गणेश बेल्वासेद्वारा निर्माण गर्न लागिएको फिल्म ‘प्रेमनाथ’का कलाकारहरू छनौट भएका छन् । छनौट भएका कलाकारहरूसँग काठमाडौंमा लिखित सहमति भएको छ ।

‘प्रेमनाथ’मा निर शाह, मोहनप्रसाद निरौला, शुरवीर पण्डित, कमल गाउँले, राज थापा, मियुन जिरेल, मोनालिसा विष्ट, शेखर मल्ल, सुरज अधिकारी, पूजा रिजाल लगायतसँग लिखित सहमति गरिएको बेल्वासेले जानकारी दिए ।

‘मायाप्रेममा आधारित बन्न लागेको ‘प्रेमनाथ’का कलाकारको टुंगा लागिसकेको छ । लिखित सहमति भइसकेको छ’, उनले भने, ‘छिट्टै छायाँकनमा जाने तयारीमा छौँ ।’

केही कलाकार काठमाडौंको मैतीदेवीस्थित कान्तिपुर फिल्म एकेडेमीमा अध्ययन गर्दै गरेका नयाँ कलाकारहरूलाई ‘प्रेमनाथ’मा खेल्ने अवसर पाएका छन् ।

‘प्रेमनाथ’को छायाँकन काठमडौंका साथै प्यूठान, दाङ, लुम्बिनीसहितका स्थानहरूमा गरिनेछ । काठमाडौंमा थोरै मात्रै दृष्य रहेको निर्देशक बेल्वासेले बताए ।

‘प्रेमनाथको कथाअनुसार विभिन्न मठमन्दिरका साथै पर्यटकीयस्थलहरूमा छायाँकन गरिनेछ’, बेल्वासेले भने, ‘फिल्मको कथा रोचक र रोमाञ्चित छ ।’

फिल्ममा लगानी राजु केसी र गुहेश्वरी बेल्वासको रहेको छ । संगीत भने सन्तोष श्रेष्ठ, भुपु पाण्डेल र एसडी योगीको छ ।

‘प्रेमनाथ’को कथा बेल्वासे आफैले लेखेका छन् । ‘प्रेमनाथ’ बेल्वासेको दोस्रो फिल्म हो । यसअघि बेल्वासेले ‘उहिले बाजेको पालामा’ फिल्म निर्माण गरिसकेका छन् ।

Published : Friday, 2018 August 3, 11:51 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया