भूमिकाले लगाइन् ज्योतिलाई ‘बिकृति’मा नानाथरी आरोप

काठमाडौं । गायिकाद्वय भूमिका गिरी र ज्योति मगरले तीज गीत ‘बिकृति’ ल्याएका छन् ।

भूमिका र ज्योति दाङ जिल्ला निवासी हुन् । उनीहरूले मंगलबार बेलुका युट्युबमार्फत तीज गीत रिलिज गरेका छन् ।

गायिका भूमिका आफैले सञ्चालन गरेको युट्युब च्यानलमा गीत राखेकी छिन् । गीतमा भूमिका र ज्योतिको स्वर छ । भूमिकाको प्रस्तुतिमा रहेको यो तीज गीतमा शब्द नेत्र अर्यालले लेखेका हुन् । संगीत खेम सेञ्चुरीको हो ।

म्युजिक भिडियोमा गायिकाद्वय भूमिका र ज्योति आफैले पनि अभिनय गरेका छन् । उनीहरूलाई मोडलिङमा मालती घले, एञ्जिला वाईबा, सविता परियार र सीमा घर्तीले साथ दिएका छन् । मोडलहरूलाई जना लुङ्गेलीले मेकअप गराएकी हुन् ।

म्युजिक भिडियोलाई प्रकाश भट्टको निर्देशन गरेका छन् । राजेश घिमिरेको क्यामरा, विष्णु शर्माको सम्पादन रहेको म्युजिक भिडियोमा ज्योति मगर अलिक मोटी देखिएकी छिन् ।

Published : Tuesday, 2018 July 17, 7:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया