दाङको नाम चम्काउँदै छन् गायक रेग्मी

काठमाडौं । सुगम संगीतमा नाम राख्न सफल गायक प्रकाश रेग्मीले ‘सिसा जस्तै…’ बोलको गीत ल्याएका छन् । आफ्नै स्वर र संगीत रहेको ‘सिसा’बाट उनले अलिक धेरै अपेक्षा राखेका छन् । यो गीतमा शब्द नरेश खड्काले लेखेका हुन् । यस गीतलाई उनले प्रिज्मा रेकर्डिङ स्टुडियोमा गराएका हुन् ।

लामो समयदेखि काठमाडौंमा संगीतको क्षेत्रमा सक्रिय गायक रेग्मी गुणस्तरीय गीतमा ध्यान दिन्छन् । भन्छन्, ‘जस्तो पायो त्यस्तो गीतमा गाउन मन जाँदैछ । सायद त्यही भएर म अलिक पछाडि परेको हुँ की जस्तो लाग्छ ?’ तर, रेग्मी भन्छन्, ‘जति गीतमा स्वर दिएको छु सबैले नेपाली गीतसंगीतमा एउटा थोपा थपिएको छ भनेर प्रतिक्रिया दिने गर्नुभएको छ । खुसी लाग्छ छ ।’

सुगम संगीतले नै नेपाली संगीतको जग धानिएको उनको बुझाइ छ । ‘सुगम संगीत लामो समयसम्म दर्शक स्रोताको मनमा स्थान बनाइ बसेका हुन्छन्’, रेग्मीले भने, ‘नारायण गोपाल, प्रेमध्वज प्रधान, तारा देवी, अम्बर गुरुङलगायतका गायक र संगीतकार अजर अम्बर हुनुहुन्छ । उहाँहरूलाई सुगम संगीतले नै यो उचाइँ दिएको जस्तो लाग्छ ।’

सरुवाती दिनमा ‘सुनामी’ एल्वम ल्याएका गायक रेग्मीले त्यसबाट धेरै प्रशंसा पाएका थिए । ‘सुनामी आयो…’ बोलको गीत सबैले मन पराइदिएको उनले बताए । त्यति मात्रै होइन रेग्मीले ‘डोली चढी गएपछि…’ बोलको गीतमा पनि स्वर दिएका छन् । यी गीतहरू दर्शक स्रोताका लागि मनमा बसेका गीत हुन् ।

दाङ स्थायी घर भएका रेग्मीले लामो समयदेखि राजधानीमा गीत संगीतको क्षेत्रमा संघर्ष गर्दै आएका छन् ।

‘सिसा जस्तै…’ गीतको शब्द नरेश खड्काले मेहनत गरेर लेखेका छन् । गीतको शब्दहरू राम्रा छन् । गीत रिलिजको तयारीमा छ । गायक रेग्मीले भने, ‘गीत रेकर्ड भएर तयार भइसकेको छ । म्यजिक भिडियो बनाउने तयारीमा छु । छिट्टै गीत रिलिज हुन्छ ।’

यो गीतबाट गायक रेग्मी अत्यन्तै उत्साहित छन् । हुन त उनका गीत सबै चलेकै हु्न । सुगम संगीतमा रुचि राख्ने गायक रेग्मीले ‘मैना…’बोलको टप्पा गीतमा स्वर दिएका छन् । त्यो गीत पनि रुचाइएको थियो ।

गायक रेग्मीले ‘सपनीमा नआउ तिमी विपनीमा आउँदिनौ भने…’ बोलको गीत पनि रेकर्ड गराइसकेका छन् । यो गीतका शब्द बसन्त योगीको हो भने संगीत गायक रेग्मीकै छ । गीतलाई सञ्जय श्रीपालले एरेञ्ज गरेका छन् । यो गीत आलाप रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको छ ।

गीत संगीतको क्षेत्रलाई उनले छाड्ने पक्षमा छैनन् । राजधानीको महँगो बसाइँलाई गायक रेग्मीले गीत संगीतकै माध्यमबाट सहज बनाएका छन् । भन्छन्, ‘अहिलेसम्म यो गायन पेसालाई छाड्ने पक्षमा छैन । भविष्यमा पनि छाड्ने अवस्था नआओस् भन्ने पक्षमा छु ।’ साथीभाईले साथ दिएकै कारण गीत संगीतमा रहन सफल भएको उनको बुझाइ छ ।

Published : Friday, 2018 July 6, 7:56 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया