यस्तो बन्यो राप्ती गाउँपालिकाको पर्यटन गुरु योजना

मसुरिया । दाङको राप्ती गाउँपालिकाले पर्यटन गुरु योजनाको प्रारम्भीक मस्यौदा प्रतिवेदन तयार गरी परामर्श थालेको छ ।

गाउँपालिकाको पर्यटकीय सम्भाव्यताको अध्यन गरी पर्यटन गुरु योजना तयार गर्ने जिम्मेवारी पाएको दृष्टि डेभलपर्स प्रालि बल्खु काठमाडौंले पर्यटन गुरु योजनाको प्रारम्भीक मस्यौदा प्रतिवेदन गाउँकार्यपालिकाका सदस्य तथा सरेकारवालाहरू माझ प्रस्तुत गरिको हो ।

पर्यटकीय स्थलको विकास तथा पहिचान गर्ने उदेश्यले गाउँपालिकाको पर्यटन गुरु योजना निर्माण शुरु
गरिको छ ।

यस क्षेत्रको भौगोलकि, सांस्कृतिक, धार्मिक, प्राकृतिक सम्पदाको संरक्षण र विकास गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न राप्ती गाउँपालिका लागेको प्रवक्ता विद्याशरण चौधरीले जानकारी दिए ।

गाउँपालिका क्षेत्रमा प्रशस्त ताल, तलैया, धार्मिकस्थल, मनोरम प्राकृतिक सम्पदा, प्राकृतिक स्रोत रहेकाले यसको विकास, संरक्षण र
प्रचार–प्रसार गर्न सके स्थानीयको आयस्तर तथा गाउँपालिकाकै आम्दानी बढाउन सकिने प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालले बताए ।

Published : Thursday, 2018 June 7, 9:11 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया