एक्सपर्ट एजुकेसनको काठमाडौंमै खुल्यो अर्को शाखा

काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले अष्ट्रेलियामा उच्चशिक्षा अध्ययनका लागि गएका नेपाली विद्यार्थीले उच्चशिक्षा अध्ययनपश्चात स्वदेश फर्किएर नेपालको विकासमा महत्वपूर्ण योगदान पु-याउने बताएका छन् ।

काठमाडौंको महाराजगञ्जमा सञ्चालन हुन लागेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजको २९औँ शाखा उद्घाटनका क्रममा राजदूत ब?डले अष्ट्रेलियाबाट उच्चशिक्षा प्राप्त गरेका नेपाली विद्यार्थी आफ्नो विधागत क्षेत्रमा सक्षम रहने विश्वास व्यक्त गरे ।

बिहीबार आयोजित कार्यक्रमा राजदूत बुडले एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले अष्ट्रेलियामा अध्ययन गर्न जाने विद्यार्थीलाई विश्वसनीय सेवा प्रदान गरेकोमा धन्यवाद समेत दिए ।

कार्यक्रममा अभिभावकको तर्फबाट काठमाडौं क्षेत्र नम्वर तीनका प्रदेशसभा सदस्य योगेन्द्र संग्रौलाले आफूले आफ्ना छोरालाई पनि एक्पर्टबाट अष्ट्रेलिया पठाएको स्मरण गरे । उनले एक्सपर्टको सेवाबाट आफू सन्तुष्ट रहेको बताए ।

अर्का अभिभावक सशस्त्र प्रहरीका अतिरित्त महानिरीक्षक षडानन्द चौधरीले पनि आफूले एक्सपर्टमार्फत छोरी अष्ट्रेलिया पठाएको बताए । उनले एक्सपर्टले शैक्षिक परामर्र्श क्षेत्रमा प्रदान गरेको सेवा आमअभिभावकका लागि विश्वसनीय रहेको बताए ।

विगत डेढ दशकदेखि अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीलाई शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजले हालसम्म विश्वका विभिन्न मुलुकहरूमा २९ वटा शाखा विस्तार गरिसकेको छ ।

नेपालका विभिन्न शहरहरूमा शाखा कार्यालय स्थापना गरेको एक्सपर्टले महाराजगंज शाखा विस्तारसँगै काठमाडौं उपत्यकाभित्र पुतलीसडक र महाराजगंज गरी दुई स्थानबाट सेवा दिने भएको छ ।

नेपालस्थित १२औँ शाखा र ग्लोवल्ली २९ औं शाखा उद्घाटन समारोहमा बोल्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेजका प्रवन्ध निर्देशक खेम संग्रौलाले अभिभावक र विद्यार्थीको विश्वास तथा सहयोगका कारण नै उपत्यकामा अर्काे शाखा सञ्चालन गर्न लागिएको बताए ।

कार्यक्रमका अर्का वक्ता नेपाल शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले ग्लोवलाईजेशनको वर्तमान समयमा अन्तर्राष्ट्रिय मुलुकहरूमा गएर उच्चशिक्षा हासिल गर्नु स्वभाविक रहेको बताए ।

उनले एक्सपर्ट जस्ता संस्थाहरूका कारण नेपाली विद्यार्थीले सहज रुपमा अन्तर्राष्ट्रिय शिक्षा हासिल गर्न सकेको बताए । उनले एक्सपर्टले शैक्षिक परामर्शको क्षेत्रमा पु-याएको योगदान प्रशंसनीय रहेको समेत बताए ।

आईरिनका अध्यक्ष कुमार कार्कीले एक्सपर्टले डेढ दशकदेखि शैक्षिक परामर्श प्रदान गरेको स्मरण गर्दै नयाँ शाखा विस्तार गरेकोमा उत्तरोत्तर प्रगतिको शुभकामना दिए ।

त्यसैगरी महाराजगंज शाखाका निर्देशक जयराम अर्यालले सम्पूर्ण विद्यार्थी तथा अभिभावकहरूलाई मनैदेखि धन्यवाद दिएका थिए ।

Published : Thursday, 2018 May 10, 6:44 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया