फिल्म निर्माता एवम् कांग्रेस नेता राणाको शल्यक्रिया

काठमाडौं । नेपाल चलचित्र निर्माता संघका महासचिव रोज राणा बिरामी भएपछि अस्पताल भर्ना भएका छन् ।

महासचिव राणा सोमबार साँझ अस्पताल भर्ना भएका हुन् । पेटको दुखईभएपछि अस्पताल भर्ना गरिएको आफन्तले जनाएका छन् ।

उपचारका क्रममा राणालाई एपेण्डिक्सको समस्या देखिएको थियो । त्यसपछि चिकित्सकहरूले सफलताका साथ शल्यक्रिया गरेको जनाइएको छ ।

‘जय परशुराम’सहितका दुर्जन बढी फिल्म निर्माण गरेका राणाले निर्माताहरूको पक्षमा आन्दोलन चलाउँदै आएका छन् ।

राणा नेपाली कांग्रेस प्यूठानका नेता समेत हुन् । उनले कांग्रेस क्षेत्रीय सभापतिको पनि जिम्मेवारी बहन गरिसकेका छन् ।

Published : Tuesday, 2018 May 8, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया