यी हुन् दाङ्गाली गायक भुपु, युट्युबमा तहल्का मच्चाउँदै

काठमाडौं । गायक भुपु पाण्डेले ‘छाता बोकी लैजाउ है पानी पर्ला बाटैमा…’ बोलको नयाँ गीत ल्याएका छन् ।

युट्युबमा ‘छाता’ गीतको म्युजिक भिडियो धेरै हेरिएको गीतमा पर्न सफल भएको छ । नेपालमा युट्युबले यो गीतलाई आइतबारसम्म ४१औँ नम्बरमा राखेको छ । ‘छाता’ गीत माथि चढ्ने क्रममा छ ।

भुपुको ‘छाता’ बोलको गीत युट्युवमा राखेको दुईदिनभित्रै लोकप्रिय बन्न सफल भएको हो । गीतमा भुपुले नै संगीत दिएका छन् । शब्द भने राम अविरल विष्टका हुन् ।
म्युजिक भिडियोमा मानषी तामाङ, सुजन मार्फासहित अलाइड ट्वान्टी ग्रुपको नृत्य रहेको छ ।

यसअघि गायक भुपु पाण्डेका गीतले युवाहरूमा राम्रो छाप छाडेका छन् । यस पटक पनि ‘छाता’ले सुरुवाती राम्रो प्रतिक्रिया पाएको गायक पाण्डेले बताएका छन् । भुपुले गीत हेरेर राम्रो प्रतिक्रिया दिने र आलोचनात्मक सुझाव दिने दर्शक स्रोताहरूलाई फेसबुकमार्फत धन्यावाद पनि दिएका छन् ।

गायक भुपु दाङ जिल्ला निवासी हुन् । संगीतमा स्नाकोत्तर सकेका भुपु राप्ती गाउँपालिकाको सिसहनियाका स्थायी बासिन्दा हुन् । उनी लामो समयदेखि काठमाडौंमा बस्दै आएका छन् । भुपुले युवापुस्तालाई ध्यानमा राखेर गीत गाउने गरेका छन् ।

Published : Sunday, 2018 May 6, 12:11 pm

1 प्रतिकृया प्राप्त “यी हुन् दाङ्गाली गायक भुपु, युट्युबमा तहल्का मच्चाउँदै”

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया