ओली सरकारले फेरि दियो तेस्रो पटक मूल्य वृद्धिको बम्पर उपहार

काठमाडौं । वाम गठबन्धन नेतृत्वको केपी ओली सरकारले पेट्रोलियम पदार्थको मूल्यमा भारी मूल्य वृद्धि गरेको छ ।

नेपाल आयल निगमले पेट्रोल, डिजल तथा मट्टितेलको मूल्य बुधबार मध्यरातदेखि लागू हुने गरी बढाएको हो ।

पेट्रोलमा प्रति लिटर २ रूपैयाँ तथा डिजल र मट्टितेलमा क्रमशः ३–३ रूपैयाँ मूल्य बढाइएको छ । यो मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोल प्रतिलिटर १ सय ८ रूपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ९० रूपैयाँ उपभोक्ताले तिर्नुपर्नेछ ।

ओली सरकार आएपछि तेस्रो पटक पेट्रोलियम पदार्थको मूल्य बढेको हो । पछिल्लो पटक वैशाख ३ गते पेट्रोलमा एक रुपैयाँ र डिजल र मट्टितेलमा दुई रुपैयाँ प्रतिलिटर मूल्य बढाइएको थियो ।

ओली प्रधानमन्त्री नियुक्त भएको १६ दिनपछि पेट्रोलको भाउ प्रतिलिटर दुई रुपैयाँ बढाएर प्रति लिटर १०५ रुपैयाँ बनाइएको थियो । त्यतिबेला डिजल र मट्टितेलको भाउ बढाइएको थिएन ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार नयाँ मूल्यमा निगमलाई पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ९० पैसा नाफा र डिजल र मट्टितेलमा १ रूपैयाँ २२ पैसा घाटा छ ।

त्यसैगरी एलपीजी ग्यासमा ६४ रूपैयाँ २९ पैसा घाटा रहेको गोइतको भनाई छ । निगमको मासिक नाफा २१ करोड छ ।

अहिलेको मूल्य बढ्नुमा डलरको वृद्धि र अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यव‌ृद्धि प्रमुख कारण भएको निगमका कायम मुकायम कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।

Published : Wednesday, 2018 May 2, 9:55 pm

1 प्रतिकृया प्राप्त “ओली सरकारले फेरि दियो तेस्रो पटक मूल्य वृद्धिको बम्पर उपहार”

  • सरकारले सबै को मुल्य बढाउने भये लेबर को
    मुल्य कहिले बढाउने??
    के हामी किसनी कैले सम्म बिदेश धाउने??
    भुकम्प पीडित लाई राहत दिन्छ भने ।।
    हावा हुरि ले फाल्देको घर हरु लाई किन न दियेको।।

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया