कांग्रेसको नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा गिरीलाई मनोनयन
काठमाडौं । नेपाली कांग्रेस १५औं महाधिवेशन तयारी समितिका संयोजक प्रा.डा.शशांक कोइरालाले नेपाल सांस्कृतिक महासंघको अध्यक्षमा अर्जुन गिरीलाई मनोनयन गरेको छ ।
बिहीबार संयोजक प्रा.डा.कोइरालाले गिरीलाई महासंघको अध्यक्षमा मनोनीत गरेका हुन् । गिरी प्यूठान जिल्ला निवासी हुन् । नेपाली कांग्रेस १५औं नियमित महाधिवेशन अन्तर्गत गिरी प्यूठान जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।
पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम गिरीलाई अध्यक्ष मनोनयन गरिएको पत्रमा उल्लेख छ । पत्रमा गिरीलाई आगामी ६ महिनाभित्र सांस्कृतिक महासंघको महाधिवेशन सम्पन्न गर्न भनिएको छ ।
गिरी लामो समयदेखि नेपाली चलचित्र तथा कला क्षेत्रमा सक्रिय छन् । उनी यसअघि महासंघका सहमहामन्त्री थिए । शेरबहादुर देउवा पक्षीय युवा नेता गिरी लोकप्रिय मानिन्छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया