धमाल मच्चाउँदै देवी–बिक्रमको ‘गुन्द्रुक मीठो सागको’ले

काठमाडौं । लोकदोहोरी गायिका देवी घर्ती र गायक बिक्रम परियारको स्वरमा ‘गुन्द्रुक मीठो सागको…’ बोलको गीत सार्वजनिक भएको छ ।

गीतकार केशव पौडेलद्वारा लेखिएको दोहोरी गीतले युट्यवमा धमाल मच्चाइ रहेको छ । ‘गुन्द्रुक मीठो सागको…’ गीतले दुई हप्ताभित्रै एकलाख भ्यु पाएको छ । जापानमा बसोबास गर्दै आएका पौडेलले ‘उही खोलीको पानी…’ बोलको गीतबाट चर्चामा आएका थिए ।

स्याङजा जिल्ला घर भइ काठमाडौंमा सांगीतिक यात्रमा सक्रिय रहेका गायक परियारले गीत सुन्दर बनेको प्रतिक्रिया दिए ।

‘भरखरै गीतसंगीतमा लागेको छु’, उनले भने, ‘गुन्द्रुक मीठो सागको… बोलको गीत राम्रो बनेको छ । लय, शब्द, म्युजिक भिडियो सबै राम्रो बनेको छ ।’ गीत सफल हुनुमा टिमवर्कको हुने गायक परियारको भनाइ छ ।

म्युजिक भिडियोमा रामजी खाँड, करिश्मा ढकालसहितका कलाकारको अभिनय रहेको छ ।

म्युजिक भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन् । छायाँकन करण चैसिरको हो भने सम्पादन प्रवीन भट्टको रहेको छ ।

Published : Wednesday, 2018 April 18, 4:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया